महिला किसान अलैंची खेतीबाट उद्यमी बन्न सक्छन्: विश्व बैंक



नेपाल समाचारपत्र, काठमाडौं
नेपालमा अलैंचीको उत्पादन र उद्यमशीलता विकासमा महिला कामदारको भूमिका महŒवपूर्ण रहेको र नेपालमा उत्पादित अलैंचीले दक्षिण एसियाली बजारमा आफ्नो प्रभुत्व कायम गर्नसक्ने निश्कर्ष विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

बुधबार राजधानीमा ‘नेपालमा अलैंची र अल्लोको मूल्य श्रृंखलामा घरेलु महिला कामदारको भूमिका’ विषयमा अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले घरेलु र कामकाजी महिलाले अलैंची उत्पादन र त्यस क्षेत्रको उद्यमशीलता विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको तथ्य सार्वजनिक गरेको हो।

प्रदेश नम्वर १ को पहाडी जिल्ला ताप्लेजुङलाई आधार बैंकले तयार पारेको प्रतिवेदनमा घरेलु महिलाले सानो लगानीमा गरेको अलैंची खेती अधिकांशको जीविकोपार्जनको मुख्य आधारका रुपमा रहेको देखाएको छ। यसरी सामान्य रुपमा भइरहेको अलैंची खेतीमा असामान्य सम्भावना र उद्यमशीलता विकास गर्ने सकिने आधार रहेको विश्व बैंकले भनेको छ ।

बैंकले जारी गरेको प्रतिवेदमा भनिएको छ–‘महिला उद्यमशीलतामा आधारित संगठित संस्थाले विश्व बजारमा अलैंची व्यापार प्रवद्र्धन गर्नका लागि मुख्य भूमिका खेल्न सक्नेछ ।

विश्व बैंकले दक्षिण एसियामा अलैंचीको मुल्य श्रृंखलास“ग सम्बन्धित ‘स्टेकहोल्डर’स“गको परामर्शपछि उक्त प्रतिवेदन तयार पारेको उल्लेख गरेको छ ।

‘नेपाल, भारत, भुटान र बंलगादेशका महिला उद्यमीलाई दक्षिण एसियामा अलैंचीको नया“ बजार विस्तार र व्यवसाय प्रवद्र्धनका लागि कति सम्भावना छन् भन्ने ताप्लेजुङको उदाहरणले देखाउ“छ,’ प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदन सार्वजनिक कार्यक्रममा नेपालको अलैंची भारत, भुटान र दक्षिण एसियाभरी नै बजारको सम्भावना रहेको क्षेत्र भन्दै ‘बहुमूल्य मसला करिडोरका रुपमा नेपालको पूर्वी हिमालय क्षेत्र, भारतको सिक्किम र भुटानलाई जोडने गरी करिडोर विकास गर्न सकिने धारणा राष्ट्रिय योजना आयोग सदस्य डा उषा झाको छ ।

विश्व बैंकका नेपालस्थित कन्ट्री म्यानेजर फेरिज एच. हजाड डेर्भोसले नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङमा गरिएको अध्ययनले नेपालमा उत्पादित अलैंचीले विश्व बजारमा ठूलो सम्भावना पहिचान गरेको बताउनुभयो ।‘लैंगिङ असमानताको विषयलाई पर राखेर हामीले लैंगिक आधारमा तथ्यांक संकलन गरेका थियौं, त्यसबाट के देखियो भने सामान्य कामकाजी महिला जो घरेलु काममा मात्र आबद्ध छन्, तिनीहरुले अलैंची खेती गरेर औसत कमाई गरिरहेका छन्। यस्ता महिला ठूलो उद्यमी बन्न सक्ने सम्भावना यो प्रतिवेदनले पहिचान गरेको छ,’ उहा“को भनाइ छ ।

महिला कामदारले विश्व बजारमा अलैंची चिनाउन सक्ने क्षमता बनाइरहेको अवस्थामा महिलाले पानीको समस्या, बजार नपाउने समस्या र आवस्यक पर्दा ऋण नपाउने समस्यालाई हटाउन सके ती महिलाले उद्यमशीलताको माध्यमबाट विश्व बजारमा व्यापार अभिवृद्धि गर्न सक्ने विश्व बैंक प्रतिवेदनको निश्कर्ष छ।

प्रतिक्रिया दिनुहोस्