प्रभु बैंकको खार्पुनाथमा शाखा



काठमाडौं, (नेस)
प्रभु बैंकले हुम्ला जिल्लाको खार्पुनाथ गाउ“पालिकामा शाखा कार्यालय खोली कारोबार सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन खार्पुनाथ गाउ“पालिकाका अध्यक्ष कर्णबहादुर रावलले गर्नु भएको थियो ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख अतिथि रावलले प्रभु बैंक गाउ“–गाउ“मा पुगेर बैंकिङ सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै खार्पुनाथ शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा उपलब्ध हुने बैंकिङ पहु“चभन्दा बाहिर रहनुभएका यस क्षेत्रका सम्पूर्ण नागरिकलाई प्रभु बैंकको सेवा उपभोग गरी लाभ उठाउन समेत आग्रह गर्नुभयो ।

खार्पुनाथ शाखासमेत गरी बंैकले हालसम्म १८७ वटा शाखा, १५० वटा एटीएम र २३ वटा एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दैै आएको छ ।

प्रतिक्रिया दिनुहोस्