सांस्कृतिक र पर्यटकीय नगरी: चर्चा बढी, काम थोरै



सुनील महर्जन, ललितपुर ।
ललितपुर शहरलाई सांस्कृतिक र पर्यटकीय नगरी बनाउने भनेर सार्वजनिक वृत्तमा हरबखत चर्चा चल्ने गर्दछ। चर्चा धेरै भएपनि काम भने खासै हुन नसकेको पाइएको छ ।

अहिले पनि वर्षेनी चल्दै आएको जात्रा, पर्व र नाच जेनतेन सञ्चालन भइरहेका छन् । ती रकम अभावले जात्रा, पर्व चलाउन सम्बन्धित गुठीयारहरुलाई निकै धौं धौ हुने गरेको छ।सांस्कृतिक नगरीको चर्चाले तीब्रता पाएको छ, तर सम्बन्धित गुठीयारहरुले जात्रा, पर्व र नाच चलाउन सहज महशुस गर्न पाएका छैन ।यस्तो अवस्थामा पर्यटन प्रर्वद्धनको विषय अझ टाढाको विषय बनेको छ ।

चर्चा धेरै भएपनि काम भने खासै किन हुन सकेन ? ‘ सार्वजनिक खपतका लागि जोसुकैले ललितपुरको सांस्कृतिक र पर्यटक प्रर्वद्धन बारे बोल्ने गर्छन् ।बोले अनुसार कार्ययोजना सहित स्रोत व्यवस्थापनमा ध्यान नदि“दा सांस्कृतिक र पर्यटकीय नगरी बनाउने विषय अधुरो रहने गरेको छ ।’ पर्यटनविद् दिलेन्द्र श्रेष्ठले भन्नुभयो ।


ललितपुरलाई सांस्कृतिक र पर्यटकीय नगरी बनाउने कुरो नआएको महानगरपालिकाको कुनै सार्वजनिक सभा, समारोह नै छैन । तर नीति, योजना र कार्यक्रममा सोही कुराले प्राथमिकता नपाउ“दा सांस्कृतिक नगरीको कुरो हाउगुजी जस्तो भएको सर्वसाधारण अनुभव रहेको छ ।

नीतिमा सांस्कृतिक र पर्यटकीय नगरीका कुरो आएपनि सोही अनुरुप बजेट विनियोजितमा प्राथमिकता नदिइएको महानगरपालिका–३ का वडाअध्यक्ष श्रीगोपाल महर्जनले भनाई रहेको छ । महानगरपालिकामा जनप्रतिनिधिविहीन हु“दाको अवधिमा सर्वदलीय संयन्त्रमा बसेर काम गर्नुभएका वडाअध्यक्ष महर्जनले अहिले जनप्रतिनिधि भएको बेला सोही अवस्था भन्दा फरक नभएको धारणा राख्नुभयो ।

सार्वजनिक खपतका लागि जोसुकैले ललितपुरको सांस्कृतिक र पर्यटक प्रर्वद्धन बारे बोल्ने गर्छन् ।बोले अनुसार कार्ययोजना सहित स्रोत व्यवस्थापनमा ध्यान नदि“दा सांस्कृतिक र पर्यटकीय नगरी बनाउने विषय अधुरो रहने गरेको छ ।

 

२०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तावित गर्ने बेला महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पर्यटक शुल्कबाट उठ्ने रकम संस्कृति, सम्पदा र पर्यटन प्रर्वद्धनमा खर्च गर्ने नीति ल्याउनुभएको छ । नीति सकारात्मक भएपनि बजेट विनियोजित गरिएको छैन ।नीति अनुरुप बजेटसहित कार्यक्रम ल्याउनुपर्ने माग गर्दैविपक्षी दल नेकपाबाट निर्वाचित वडाअध्यक्षहरुले संशोधन प्रस्ताव पेश गरेका छन् ।

ललितपुरमा घुम्न आउने पर्यटकहरुबाट उठ्ने रकम संस्कृति र पर्यटन विकासमै खर्च गर्नेे सुझाव नया“ सुझाव होइन । ललितपुर महानगरपालिकाले सन् २००२ देखि ललितपुरको पाटन दरबार क्षेत्रमा घुम्न आउने पर्यटकहरुबाट शुल्क उठाउन थालेको थियो । पर्यटक शुल्क उठाउने बेला पर्यटनविद् श्रेष्ठले तत्कालीन उपमहानगरपालिकालाई तीन पृष्ठको सुझाव लेखेर दिनुभएको थियो ।

पर्यटकबाट उठ्ने शुल्कको कमसेकम २५ प्रतिशत शुल्क पर्यटक विकासमा खर्च गर्नुपर्ने, पर्यटक उद्योग प्रर्वद्धनको पूर्वाधार र संस्कृति, संरक्षणमा खर्च गर्ने नीति अपनाउनुपर्ने सुझावको मुख्य विषय थियो ।


उहा“ले ललितपुर महानगरपालिकालाई यस सुझाव दिएको भन्डै २० वर्ष भइसकेको छ, तर अहिलेसम्म यसको सुनवाई भएको छैन । ‘तर अहिलेसम्म यो सुझावको कार्यान्वयन हुन सकिरहेको छैन ।’ उहा“ले भन्नुभयो ।जात्रा, पर्व र नाच चलाईरहेका गुठीयार, पर्यटन व्यवसायी, होटेल व्यवसायीहरुको चाहनामा टेकर दिएको सो सुझाव कार्यान्वयन गर्नुपर्ने पक्षमा बलियो जनमत भएपनि यसलाई महानगरपालिकालाई बेवास्ता गरिरहेको छ ।

२०७६ /०७७ को नीति तथा कार्यक्रम प्रस्तावित गर्ने बेला महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पर्यटक शुल्कबाट उठ्ने रकम संस्कृति, सम्पदा र पर्यटन प्रर्वद्धनमा खर्च गर्ने नीति ल्याउनुभएको छ । नीति सकारात्मक भएपनि बजेट विनियोजित गरिएको छैन ।नीति अनुरुप बजेटसहित कार्यक्रम ल्याउनुपर्ने माग गर्दैविपक्षी दल नेकपाबाट निर्वाचित वडाअध्यक्षहरुले संशोधन प्रस्ताव पेश गरेका छन् ।

महानगरपालिकाले पर्यटन शुल्कबाट वर्षेनी करौडौं रुपमा उठाउने गर्दै आएका छन् । चालू आर्थिक वर्षमा मात्र झन्डै १४ करोड रुपैया“ उठेको छ । ती रकम मन्दिर पुनःनिर्माण, संस्कृति र पर्यटक प्रर्वद्धन, सम्पदा क्षेत्रको जीवनशैली जोगाउन खर्च गर्न हो भनेर कुनै पनि संस्कृति संरक्षण गर्न पैसा छैन भनेर वा दातासंग हात फैलाउनुपर्ने अवस्था नआउने ललितपुर महानगरपालिका– २१ (खोकना क्षेत्र) का वडाअध्यक्ष रवीन्द्र महर्जनको भनाई रहेको छ ।त्यसपछि सरोकारवालासंग अन्र्तक्रिया गरेर प्रभावकारी कार्ययोजना बनाउनुपर्ने खा“चो औल्याउ“दै वडाअध्यक्ष महर्जनले भन्नुभयो ।


यसेैबीच नेवाः पत्रकार राष्ट्रिय दबूले बुधबार संस्कृति, पर्यटन र प्रर्वद्धनमा सञ्चारको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको छ। महानगरपालिकाको सहयोगमा भएको सो अन्र्तक्रिया कार्यक्रममा ललितपुरको कला, संस्कृतिलाई ब्राण्डिङ गर्दै पर्यटकीय पूर्वाधार बनाउन नसकिएको सम्बद्ध पक्षले स्वीकार गरेका छन् ।संस्कृति संरक्षण गर्दै पर्यटकीय पूर्वाधार बनाउन सरोकारवालाले विभिन्न कार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।

नयाँ पर्यटक रुट निर्धारण
स्थानीय तहको पुनः संरचना गर्ने क्रममा साविकको धापाखेल, सुनागुथि, हरिसिद्धि खोकना र बुंगमती गाविसलाई गाभिएर ललितपुर महानगरपालिका बनाइएको थियो ।पाटन दरबार क्षेत्र वर्षौदेखि पर्यटकहरुको केन्द्रविन्दु रहेकै छ । दरबार क्षेत्र घुम्न आउने पर्यटकहरुलाई ती गाभिएका क्षेत्रमा घुमाउने रुट निर्धारण आजको खा“चो हो ।महानगरपालिका– २१, खोकना क्षेत्रका वडाअध्यक्ष महर्जनले बताउनुभयो ।

‘खोकना र बुंगमतीमा मौलिक जीवनशैली र सम्पदा बस्ती रहेको छ ।धापाखेलमा नागदह, हरिसिद्धि र सुनागुथिमा स्वच्छ वातावरण र परम्परागत बस्ती रहेको छ । पाटन दरबार क्षेत्र घुम्न आउने पर्यटकहरुलाई ती क्षेत्रमा घुमाएर पुनः दरबार क्षेत्र ल्याउने रुट, प्याकेज बनाउनुपर्दछ ।’ उहा“ले भन्नुभयो ‘यस बारे ट्राभल एजेन्सी, पथप्रदर्शकहरुसंग समन्वय गर्नु जरुरी रहेको छ ।’

होमस्टेको प्रर्वद्धन
ललितपुरमा धेरै नाच, जात्रा र पर्वहरु छन् । तीन नाच र जात्रा पर्वलाई विशेषताको रुपमा लिएर त्यस्ता क्षेत्रमा होमस्टेलाई प्रर्वद्धन गर्नुपर्ने जोड होमस्टे व्यवसायीहरुको रहेको छ ।होमस्टे व्यवसायी विश्वास बज्रचार्यका अनुसार होमस्टेको माध्यमबाट यहा“ सञ्चालन हुने नाच, जात्रापर्व र मौलिक जीवनशैलीको ब्रान्डिङ, र त्यसको महत्व बढाउन सकिन्छ ।‘यसले संस्कृति ब्राण्डिङ र त्यसको मूल्य बुझ्न संगै रोजगारी सिर्जना गर्दछ ।’व्यवसायी बज्राचार्यले भन्नुभयो ।

कलात्मक घर निर्माणमा प्राथमिकता
कलात्मक र मौलिक शैलीमा घर निर्माण कार्य छाड्दै गएका छन् ।यसले मौलिकता जोगाउन झ्न झ्न मुस्किल हु“दै गएकोे छ ।सर्वसाधारण नागरिक पनि सहज र सुविधाको हिसाबले ढलान गरेर घर निर्माणतर्फ आकर्षित हु“दै गएका छन् ।

यस्तो अवस्थामा महानगरपालिकाले मौलिक शैलीमा घर निर्माण गर्नेलाई कर छुट, नक्सापासमा छुट वा काठ सामग्रीमा छुट गरेर प्राथमिकता दिनुपर्ने वडा नं २१ का वडाअध्यक्ष महर्जनको जोड रहेको छ । ‘यसले सर्वसाधारणलाई मौलिकपन झल्काउने घर बनाउने प्रोत्साहित गर्ने छ ।यसबारे पनि आफूले कार्यपालिका बैठकमा सुनवाई गर्दै आएका छौं । तर अहिलेसम्म सुनवाई भएको छैन । ’ वडाअध्यक्ष महर्जनले भन्नुभयो ।महानगरपालिकाको ऐतिहासिकता, मौलिक बचाउ“दै त्यसको प्रचारप्रसार गर्नुपर्ने पनि उहा“को जोड रहेको छ ।

जात्रा, पर्व र नाचलाई पर्याप्त रकम
जात्रा, पर्व र नाच अमूर्त संस्कृति हुन् । ती सम्पदाको संरक्षणको लागि रकमको माग गर्नेहरु धेरै छन् । तर माग गरे अनुरुप रकम दिन सकिरहेको छैन । वर्षेनी हुने नाच,पर्व सञ्चालनको लागि महानगरपालिकाले निश्चित रकम दि“दै आएको छ । त्यसरी दिने रकम पनि समयसापेक्ष, जात्रा, पर्व धान्न सक्ने हुनुपर्ने महानगरपालिका सामाजिक विकास संयोजक एवं महानगरपालिका वडा– २४ का वडाअध्यक्ष दिनेश कार्कीले बताउनुभयो ।त्यसैगरी गुठीयार र जात्रा, पर्व संग सम्बन्धित सरोकारवालाको क्षमता बढाउने कार्यक्रमको जरुरत रहेको पनि संयोजक कार्कीको भनाई रहेको छ ।

हस्तकलाको प्रर्वद्धन
ललितपुरलाई विश्वको ३५ औं हस्तकला नगरी घोषणा गरिएको छ । ती घोषणा अनुरुप हस्तकला प्रर्वद्धनको लागि ठोस काम गर्नुपर्ने पनि महानगरपालिका– १६ का वडाअध्यक्ष निर्मलरत्न शाक्यको भनाई रहेको छ ।पर्यटकहरुलाई लोभ्याउन भनेको हस्तकला, संस्कृति र सम्पदा हुन् । घोषणाको अवसरलाई सदुपयोग गर्ने हस्तकला र संस्कृतिको संरक्षण गर्ने नीति कार्यक्रमको खा“चो छ । महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि क्राफ्ट सिटीको लागि १ करोड बजेट विनियोजित गरेको छ ।‘यसलाई ठोस र प्रभावकारी काममा खर्च गर्नुपर्दछ ।’ वडाअध्यक्ष शाक्यले भन्नुभयो ।

संस्कृति संरक्षण र पर्यटक प्रर्वद्धनको लागि आवश्यक कार्यहरु गर्न नसके सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने उद्देश्य सफल नहुनेपनि पर्यटनविद् श्रेष्ठको भनाई रहेको छ । ‘योजनाबद्ध तरिकाले काम अघि बढाउन नसके अहिले आउने पर्यटकको संख्यापनि कम हु“दै जाने खतरा रहेको छ ।’ श्रेष्ठले भन्नुभयो ।
सबैभन्दा पहिले सरोकारवाला बसेर सांस्कृतिक र पर्यटकीय नीति बनाउनुपर्ने पनि श्रेष्ठको जोड रहेको छ ।

‘उपत्यकाको भित्री बस्ती उजाड बन्दै’


रुद्रसिंह तामाङ
सहसचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
संस्कृति, सम्पदा संरक्षणको लागि स्थानीय तहले सम्बन्धित गुठीयार, सरोकारवालासंग समन्वय गर्नुपर्दछ ।

समन्वय गरेर ललितपुर महानगरपालिकाले संस्कृति र पर्यटन सम्बन्धी नीति तय गर्नुपर्दछ । संस्कृति र पर्यटन प्रर्वद्धन सम्बन्धी अवस्थाहरु के छ ? त्यसको संरक्षणबाट आउने अवसर र चुनौतीहरु पहिल्याउनुपर्दछ ।

अहिले हामीले मौलिकपन बिर्सिदै गएका छौं । काठमाडौं उपत्यकाको भित्री बस्ती क्रमशः उजाड हु“दै गएको छ ।

मौलिकता क्रमशः हराउ“दै गएको छ ।यसलाई जोगाउने पहिलो दायित्व स्थानीय तहकै हो । म काठमाडौं महानगरपालिकाको कार्यकारी प्रमुख हु“दा काठमाडौं उपत्यकालाई धेरै बुझ्ने मौका पाए। यहा“को जीवनशैली, रहनसहन , खाद्य संस्कार बारे बुझ्ने मौका पाए । त्यसलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा ब्राण्डिङ गर्नुपर्ने खा“चो छ ।

अर्कोतर्फ संस्कृति र पर्यटन प्रर्वद्धन गर्न सम्बन्धित सरोकारवाला नीति, योजना र बजेट बनाउने कार्यक्रममा समावेश गर्नुपर्ने खा“चो छ ।विकास भनेको सहभागितामूलक नै हुनुपर्दछ । स्थानीय तहले समुदायको पीर, मर्का र अवस्था बुझेर काम गर्नुपर्दछ ।

संस्कृतिका समाचार फरक कोणबाट लेख्नुपर्ने


सुरेशकिरण मानन्धर
वरिष्ठ पत्रकार

संस्कृतिविद् र सञ्चारकर्मीले संस्कृतिको विषयमा लेख्ने तरिका फरक हुन्छ ।

संस्कृतिविद् संस्कृतिको पक्षमा केन्द्रीत गरेर गहन लेख लेख्ने गर्छन् । तर सञ्चारकर्मीले एउटै जात्रा,पर्वलाई फरक फरक तरिकाले लेख्नुपर्दछ।उदाहरको संस्कृति र आर्थिक, संस्कृति र पर्यावरण, संस्कृति र सामाजिक लगायत विविध कोणबाट लेख्ने सके पर्यटक प्रर्वद्धनमा टेवा दिन सकिन्छ ।पत्रकारिताले मौलिक पक्षको जर्गेना गर्दै विषयवस्तुको विभिन्न कोणबाट समाचार सम्प्रेषण गर्न सक्नुपर्दछ ।

 

प्रतिक्रिया दिनुहोस्