प्रहरी–विप्लव समूह भिडन्त, दुवैतर्फ एक–एकको मृत्यु



गणेश विष्ट, भोजपुर । भोजपुर सदरमुकाममा नेत्रविक्रम चन्द (विप्लव) समूह र प्रहरीबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ ।

सदरमुकामको हटिया लाइनमा बुधबार भिडन्त भएको हो । घटनामा प्रहरी जवान सन्जीव राई र विप्लव समूहका कार्यकर्ता निरकुमार राईको मृत्यु भएको हो । सोम भट्टराई नामका अर्का एक प्रहरी घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्