दश लाख फिरौतीमा श्रीमतीको हत्या



विजय नेपाली, पोखरा ।
पोखरा १० रामबजारमा बस्दै आएका एक युवाले श्रीमतीको हत्या गरेर जंगलमा फालेका छन् । मकवानपुर घर भई पोखरा १० रामबजारमा मोवाईल पसल गरी बस्ने ३५ वर्षीय रमेश परियारले श्रीमती २८ वर्षीया लक्ष्मी परियारको केही व्यक्तीलाइ दश लाख रुपैयाँ दिई हत्या गराएको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीका अनुसार अहिले श्रीमानसहित अर्का एकजनालार्इ पक्राउ गरिएको छ भने अनुसन्धानका क्रममा श्रीमतीको हत्या गर्न रमेशले दश लाख दिएको खुल्न आएको छ ।

रमेशले बारम्बार प्रहरीसंग आएर कुरा गर्दा उनीमाथि नै शंका गरि अनुसन्धान थाल्दा हत्या गरेको स्वकार गरिसकेको प्रहरीले जानकारी दिएको छ ।


असार १ गते श्रीमतीलाई औषधि गर्न जाने भन्दै पोखरा २२ पुम्दिभुम्दिस्थित ठुल्ढुङगाको जंगलमा हत्या गरी फालेको अवस्थामा प्रहरीले कंकाल मात्र फेला पारेको हो । सिद्धार्थ राजमार्गबाट करिब ५ सय मिटर तल पोखरा २२ पुम्दिभुम्दिको ठुल्ढुङगाको जंगलमा कंकाल भेटिएको थियो ।

कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीसहितको टोलीले घटनाको अनुसन्धान थालेको छ । लक्ष्मीको कंकाल बुधबार बिहान फेला परेको हो । लक्ष्मीका श्रीमानले श्रीमती हराएको भन्दै वडा तथा प्रहरीमा खोजी गर्न निवेदनसमेत दिएका थिए ।
पोखरा महानगरपालिका वडा १५ रामबजारका वडा अध्यक्ष प्रकाश पौडेलले हत्या भएको दिन देखि करिब एक हप्ताबढि निरन्तर वडा कार्यालय समेत धाएको बताउनुभयो । श्रीमती हराएकै दिन बिहान ११ बजेर ३५ मिनेटमा वडा अघि बाटै गएको सिसिटिभिमा कैद छ र श्रीमानको कुरा निकै बाझिएको कारणले समेत शंकाको घेरामा परेका हुन् ।

शवलाई मुचुल्का गरी पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जानकारी दिएको छ । हत्याको अनुसन्धान र हत्यामा संलग्न अन्यको खोजी कार्य भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्