सामुदायिक र मिलिजुलि नारीचेतना साकोसबीच एकिकरण सम्झौता



नेपाल समाचारपत्र, पनौती ।

सामुदायीक बचत तथा ऋण सहकारी संस्था र मिलिजुली नारीचेतना बचत तथा ऋण सहकारी संस्था वीच एकिकरण सम्झौता भएको छ ।

सहकारीहरुको एकिकरणलाई अभियानकै रुपमा अगाडी बढाएको सामुदायीक बचत तथा ऋण सहकारीले वुधवार काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका वडा नं. ५, मदनवास, भंगाला स्थित श्री मिलिजुलि नारी चेतना वचत तथा ऋण सहकारी संस्था सँग एकीकरणको सम्झौता गरेको हो ।

सम्झौता दुबै संस्थाको एकीकरण कार्यदल बीच सामुदायिक वचत तथा ऋण सहकारी संस्थाको मुख्य कार्यालयको सभाहलमा बृहत छलफल गरी सम्पन्न भएको थियो।

उक्त कार्यक्रममा मिलिजुलि नारी चेतना वचत तथा ऋण सहकारी संस्था लि.का सल्लाहकार उन्नती केसी ले सानो पूँजिको संस्थाबाट शेयर सदस्यहरुले सम्पूर्ण वित्तिय सेवा पाउन नसक्ने र प्रशासनिक खर्चहरुका कारण सदस्यहरुले प्राप्त गर्ने सेवा तुलनात्मक रुपमा महंगो समेत हुने भएको साथै राज्यले एकिकरण अभियान समेत अघि सारेकोले हामी एक भएर जान सहमत भएको बताउनु भएको थियो । उहाले अन्य सहकारी संस्थाहरुलाई पनि एकिकरणको लागि आव्हान गर्नु भएको थियो ।

एकिकरण सम्झौता कार्यक्रममा सामुदायिक वचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष प्रकाश बन्जाराले दुबै पक्षको एकीकरण कार्यदलले हस्ताक्षर गरेको सम्झौता पत्र आदन प्रदान गर्नुभएको थियो ।

अध्यक्ष बञ्जाराले सहकारी ऐन २०७४, नियमावली २०७५ र नियामक निकायहरुले पनि सहकारी संस्थालाई एक हुन आग्रह गरीरहेको भन्दै एकिकरण अभियानका सबै अभियन्ताहरु प्रति हार्दिक आभार ब्यक्त गर्दै अन्य सहकारी संस्थाहरुसँग पनि एकीकरणको छलफल अगाडी बढेको, केही संस्थाहरु निर्णय तहमा पुगीसकेको जानकारी दिनुभएको थियो ।

अवको अभियान सहकारी संस्था एकीकरणको अभियान हो भन्दै उहालेसामुदायिक वचत तथा ऋण सहकारी संस्थाले एकीकरणको लागि ढोका सदैब खुल्ला गरेकोले निश्वार्थ स्वागत गर्न तयार रहेको पनि बताउनु भएको थियो ।

छलफलका क्रममा सामुदायिक वचत तथा ऋण सहकारी संस्थाका दीपक थापा, उपाध्यक्ष कुमार प्रसाद लामिछाने, कोषाध्यक्ष प्रताप ताम्राकार लगायत उपस्थिति थियो ।

कार्यक्रममा मिलिजुलि नारी चेतना वचत तथा ऋण सहकारी संस्थाका एकिकरण कार्यदलका संयाजक देवकी केसी, सदस्यहरुः नानीमाया लामा, कान्छीमाया तामाङ, रिता तामाङ र सावित्री खुलालले शेयर सदस्यका हितका लागि सञ्चालकहरुको ब्यक्तिगत स्वार्थ त्याग गरी एकीकरणका लागि तयार रहेको प्रतिक्रीया दिनु भएको थियो ।

कार्यक्रममा सामुदायिक वचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेत र मिलिजुलि नारी चेतना वचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक अशोक खत्रीले आ–आफ्ना संस्थाको वित्तीय तथा गैर वित्तीय प्रतिवेदन र क्रियाकलापहरु प्रस्तुत गर्नुभएको थियो ।

पनौती ४, टौखालमा मुख्य कार्यालय रहेको सामुदायीक सहकारीले जिल्लाको १३ वटा स्थानीय तह मध्ये ७ वटा स्थानीय तहमा आफ्नो वित्तीय पहुँच विस्तार गर्दै १० वटा कार्यालय मार्फत सदस्यहरुलाई वित्तीय तथा गैरवित्तीय सेवा उपलब्ध गराउदै आएको छ ।

राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा आफ्नो छवी कायम गर्न सफल एक्सेस सिल्भर ब्राण्ड प्राप्त सामुदायिक वचत तथा ऋण सहकारी संस्थाले समुदायका ब्यक्तिहरुलाई संस्थामा आबद्ध गराउँदै कार्यक्षेत्र भित्रका विभिन्न सहकारी संस्थाहरुलाई एकीकृत गर्दै वित्तीय रुपमा सवल र सक्षम संस्था स्थापना गरी शेयर सदस्यहरुलाई प्रतिस्पर्धी सेवा स्थानीय तहमै उपलब्ध गराउने उदेश्यले एकीकरण अभियानमा अर्को पाइला चालेको छ ।

तत्कालिन पनौती नगरपालिका र जोडिएका ५ गाविसहरु कार्यक्षेत्र भएको यस संस्थाले २०६८ सालबाट नै अन्य सहकारी संस्थाहरुसँग एकीकरणको प्रयास गर्दै आएको र २०७३ सालमा बनेपा स्थित तत्कालिन जगत गुरु वचत तथा ऋण सहकारी संस्थासँग एकीकरण गरी आफ्नो कार्यक्षेत्र काभ्रेपलाञ्चोक जिल्लाभर कायम गरेको यस संस्थाले छोटो अवधिमा नै जिल्लाका मुख्य मुख्य स्थानहरुमा ९ वटा सेवा केन्द्रहरु सञ्चालनमा ल्याएको छ ।

सामुदायिक वचत तथा ऋण सहकारी संस्थामा जिल्लाका २२ हजार ४ सय जना शेयर सदस्यहरु आबद्ध रहेका छन् भने १ अर्व ८७ करोड पुँजी रहेको छ । शेयर सदस्यहरुको १९ करोड शेयर पुँजी रहेको यो संस्थाले २३ प्रकारका वचतका शीर्षकहरुमा १ अर्ब ३० करोड वचत संकलन गरी १७ शीर्षकमा १ अर्ब ४८ करोड सदस्यहरुलाई नै ऋण परिचालन गरिरहेको छ ।

वचत र ऋणमा प्रतिस्पर्धी ब्याजदर कायम रहेको यस संस्थाले ५३ जनालाई रोजगारी प्रदान गरेको छ ।

सामुदायीकले आफ्नो संस्था शुसासनमा सञ्चालन गर्नका निमित्त ५६ वटा नीति तथा कार्यविधि तयार गरी अगाडी बढेको छ भने आन्तरिक लेखा परिक्षण र बाह्य लेखा परिक्षणका लागि छुट्टा छुट्टै चार्टड एकाउण्टेन्ट संस्थालाई नियुक्त गरेको छ । मिलिजुलि नारी चेतना वचत तथा ऋण सहकारी संस्था लि.को ४ सय ५० जना शेयर सदस्यहरुको ५० लाख कुल पुँजी परिचालन गर्न सफल भएको छ ।

नीति, विधिबाट शुसासित संस्थामा एकीकरण पश्चात २ अर्बको हाराहारीमा कुल पुँजी पुग्ने, २५ हजार भन्दा बढी शेयर सदस्य, १० प्रतिशत संस्थागत पुँजी, नियन्त्रित भाखा नाघेको ऋण र गुणस्तरिय वस्तु तथा सेवा उपलब्ध गराउनेमा कुनै दुईमत देखिदैन । दुबै संस्थाका शेयर सदस्यहरु एकीकरण पश्चात गुणस्तरिय सेवा पाईने र संस्थाको सञ्चालन खर्चमा न्यूनीकरण भई लाभांश दरमा बृद्धि हुने अपेक्षा सहित संयुक्त साधारण सभा हुने प्रतिक्षामा उत्साहित रहेका छन् ।

सहकारी अभियन्ताहरुले संस्थाहरु एकीकरण गर्ने अभियानलाई सामुदायिकले नेतृत्व गर्नुपर्ने र अन्य सहकारी संस्थाहरुसँग समेत एकीकरणको प्रस्ताव पठाई छलफल अगाडी बढाउनु पर्ने कुरा सुझाउँदै दुबै संस्था सिघ्र एकीकरण होस् भनि शुभकामना ब्यक्त गरेका छन् ।

सामुदायिक वचत तथा ऋण सहकारी संस्था लि. ले यस अघि जेष्ठ १४ गते बासडोल सामुदायिक बहुउदेश्यीस सहकारी संस्था लि. सँग एकिकरणको सम्झौता गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्