दलदले हिलोमाथि रातो कार्पेट ! (फोटोफिचर)



नेपाल समाचारपत्र, काठमाडौँ ।

बुधबार त्रिभुवन विश्वविद्यालयले आफ्नो ६० औं वार्षिक उत्सव मनाएको छ । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, सह–कुलपति तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेल लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । प्रधानमन्त्रीले उपकुलपति कार्यालय भवन र मन्दिरको उदघाटन गरे ।

कार्यक्रम स्थलबाट उदघाटनको सन्देश लेखिएको शिलापत्र भएको ठाउँसम्म पुग्ने बाटो भने हिलाम्य थियो । त्यसमाथि नै रातो कार्पेट विछ्याएको दृश्यले भने विश्वविद्यालयमा रहेको भद्रगोललाई प्रष्ट पारेको थियो ।प्रधानमन्त्री ओली त्यही कार्पेट हुँदै उद्घाटनस्थल पुगे ।

फोटोमा प्रधानमन्त्री ओलीसहित कार्यक्रममा सहभागीहरु  

प्रतिक्रिया दिनुहोस्