आफ्नै श्रीमानबाट असुरक्षित भएको भन्दै गुहार माग्न प्रहरीकहाँ पुगिन शिल्पा पोखरेल



नेपाल समाचारपत्र, काठमाडौं ।

अभिनेत्री शिल्पा पोखरेलले आफ्नै श्रीमानबाटै असुरक्षित भएको भन्दै भन्दै प्रहरीमा उजुरी दिएकी छन् । चलचित्र निर्माता छबी ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच पछिल्लो समय खटपट भएको थियो ।

पोखरेलले श्रीमानबाट असुरक्षित भएकाले सुरक्षा पाऊँ भन्दै उजुरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनको उजुरीबारे बुझ्ने क्रम जारी रहेको र दुवै पक्षलाई छलफलका लागि बोलाइएको प्रहरीले जनाएको छ ।
नायिका शिल्पा पोखरेल निर्माता छविराज ओझाको चौथो श्रीमती बनेर ओझा निवास भित्रिएकी थिइन् । शिल्पा र छविराजले २०७३ सालको दशैंमा बिहे गरेका थिए ।
म्युजिक भिडियोमा काम गरिरहेकी शिल्पालाई छविराजले चलचित्र ‘लज्जा’ मार्फत् यस क्षेत्रमा डेब्यु गराएका थिए । उक्त चलचित्रको समयदेखि नै उनीहरुको प्रेम चर्चा सुरु भएको थियो । उनीहरु दुवैले सोही समय नै बिबाह गर्ने बोलेका पनि थिए ।

शिल्पासँग बिबाह गर्नुअघि छविराजका तीन जनासँग बिबाह भइसकेको थियो । रेखा थापा छविराजको तेस्रो श्रीमती थिइन् ।

प्रतिक्रिया दिनुहोस्