अविवाहित माहीको ३ वर्षीया छोरी



बलिउड अभिनेत्री माही गिलले आफ्नी ३ वर्षीया छोरी रहेको खुलासा गरेकी छिन्।

४३ वर्षीया अविवाहित माहीले नव भारत टाइम्ससँगको अन्तर्वार्तामा आफँ लामो समयदेखि प्रेमसम्बन्धमा रहेको पनि बताएकी छिन्। ‘मेरो बेरोनिका नामकी एक छोरी पनि छिन्। उनी अगस्टमा ३ वर्ष लाग्नेछिन्।’ माही गोवाको एक व्यवसायीसँग प्रेममा रहेको बताइएको छ।

साहेब बीबी, ग्याङस्टारजस्ता फिल्मबाट चिनिएकी माहीले आफँ अविवाहित हुँदा नै खुसी रहेको र आफँले चाहेका बेला विवाह गर्ने जनाउँदै छोरीलाई मिडिया तथा सामाजिक सञ्जालबाट टाढै राखेको खुलाएकी छिन्। उनले अभिनय गरेको फिल्म फेमिली अफ ठाकुरगन्ज रिलिजको तयारीमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्