सम्पदा गाउँ बनाउन स्थानीय सक्रिय



राजेन्द्र गजुरेल, नुवाकोट
ऐतिहासिक तथा पुरातात्तिक सम्पदा बोकेको नुवाकोटलाई सम्पदा गाउँ बनाउन स्थानीय सक्रियताको साथ लागिपरेका छन ।

हालको विदुर नगरपालिका वडा नं २ स्थीत भूकम्पले तहसनहस भएको पुरानो सदरमुकाम नुवाकोट डाँडालाई परम्परागत शैलीका घर निर्माणमा जोड दिइएको छ । ४ सय २० धुरीलाई सम्पदा गाउँ बनाउने उद्देश्यले स्थानीय समिति नै गठन गरिएको छ । उनीहरूले घर बनाउँदा पुरानो शैलिलाई कायम राख्नुपर्ने र रातो रंगको झिंगटी आकारका जस्तापाताले छाउन सुझावदिएका छन ।

सम्पदा गाउँलाई परम्परागत ढाँचाका भौतिक संरचनाहरु निर्माण गरेर ऐतिहासिक तथा पुरातात्तिक स्थलको रुपमा पहिचान कायम राख्नको लागि उक्तकार्य गरीएको गठित समितिले जनाएको छ ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक थलो नुवाकोटलाई पुन पुरानै अवस्थामा ल्याउन यसो गरिएको पर्यटन व्यवसायी सुमन पाण्डेले बताउनुभएको छ । ‘परम्परागत घर निर्माणले सम्पदा गाउँ बनाउन सकिए दैनिक १ देखि ५ हजार पर्यटक आउने छन,’ उहाले बताउनुभयो ।

पुरानो सदरमुकाम नुवाकोटमा नेपाल एकीकरण थालनी गरेका गोरखाली राजा पृथ्वीनारायण शाहले बनाएको नौतले र हाल साततले दरबार, मल्लकालिन रंग महल, गारदघर, शक्तिशाली देवीपीठ भैरवी मन्दिर, ठूलो घण्टा, ल्ऽामपाटी, शीतलपाटी, सरस्वती मन्दिर, बूढीभैरवी, खाल्टादेवि , लिच्छवीकालीन तलेजु भवानीका मन्दिर मुख्य आकर्षणका धरोहर हुन ।

दरबार, पृथ्वीनारायणका पालामा सैनिक परेड खेल्ने टँुडिखेल, कालिका र मालिका मन्दिर, मानदेवकालीन कालभैरव मन्दिर, तोपखाना, सरस्वतीथानस्थित अंशु वर्माकाल्ऽीन चैत्य, गणेश मन्दिर, मञ्जुश्रीको मूर्तिलगायत ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाले यहाँको महत्व अझ बढाएको छ ।

त्यसो त नुवाकोट डाँडाबाट गणेश र लाङटाङ हिमालको दृश्यावलोकन पर्यटक तान्ने अर्को महत्वपूर्ण पाटो बनेको छ । उक्त क्षेत्रबाट तल बट्टार, माझीटार, पीपलटार, बागटार, हरियाल्ऽी डाँडाकाँडा देखिन्छन । भूकम्पपछि ती सम्पदालाई नष्ट हुनबाट बचाउन स्थानीय लागिपरेका छन । पुनर्निर्माण हुँदै गरेका घरलाई परम्परागत ढाँचामा बनाउन एकरूपता दिन सम्पदा गाउँ लागिपरेको स्थानीय बताउछन ।

‘एकै किसिमका घर भए पर्यटन भित्र्याउन र होमस्टे चलाउने लक्ष्यका साथ काम भइरहेको वडाध्यक्ष वीरेन्द्रकुमार शाही बताउनुहुन्छ ।’ स्थानिएको महान उद्देश्यमा नगरको साथ र सहयोग रहने नगर प्रमुख सञ्जु पण्डितले बताउनुभएको छ  ।

प्रतिक्रिया दिनुहोस्