इरानद्वारा परमाणु सम्झौताको सीमा तोडे



तेहरान (एजेन्सी)
इरानले सोमबारबाट सन् २०१५ मा भएको परमाणु सम्झौतालाई तोडेको छ । संयुक्त राष्ट्रको परमाणु निगरानी संस्था अन्तराष्ट्रिय परमाणु उर्जा एजेन्सी (आईएइए)ले पुष्टि गर्दै इरान सम्झौताभन्दा धेरै युरेनियम प्रशोधन गरिरहेको जनएको छ ।

फ्रान्सले यस तनावलाई कम गर्न इरानमा आफना प्रतिनिधि पठाउने फैसला गरेको छ । इरानले युरोपेली देश तथा उक्त सम्झौताका हस्ताक्षरकर्ता देशहरुलाई प्रतिबन्धमा राहत तथा सुविधा अगाडी बढाउन ६० दिनको समय दिएको थियो । उक्त समय सीमा जुलाई ७ मा समाप्त भएको थियो । इरानले अब आफुले तय सीमा ३ दशमलव ७ प्रतिशत भन्दा धेरै युरेनियम सम्बर्धन गर्ने जनाएको थियो ।

अमेरिका सन् २०१८ मा एक तर्फी उक्त परमाणु सम्झौताबाट अलग भएको थियो । त्यसपछि उसले इरानमाथि कडा प्रतिबन्ध लगाएको थियो ।
चीन, रुस र सम्झौतामा सलग्न अन्य देशले इरानका यस कदमका लागि अमेरिकालाई दोषी ठहर्याएको थियो । चीनले अमेरिकामाथि एकतर्फी कारवाहीको आरोप लगाएको छ । साथै अमेरिकाका कारण विश्व संकट उत्पन्न हुन सक्ने बेइजिङले जनाएको छ । अमेरिकाका तर्फबाट इरानमाथि दिइरहेको दबाव बर्तमान संकटको मुख्य कारण हो ।

हवाइट हाउसबाट जारी विज्ञप्तीमा इरानको उक्त कदमपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सले राष्ट्रपति इम्यानुएल म्याक्रोंसँग वार्ता गरेको उल्लेख गरेको छ । दुबै नेता इरानले परमाणु हतियार विकासमा नलागेकोे सुनिश्चित गर्ने प्रयास गरिरेहेका छन् ।

यस मुद्दालाई लिएर म्याक्रोंले शनिबार इरानका राष्ट्रपति हसन रुहानीसँग फोनमा करिब एक घण्टासम्म छलफल गरेका थिए । उनले आफु इरान र पश्चिमी देशबीच जुलाई १५ सम्ममा फेरी वार्ता गराउने प्रयासमा लागेको बताए । फ्रान्सका प्रतिनिधि यस मामिलामा छलफलका लागि इम्यानुएल बोनी इरान जाने बताएका थिए ।

एटोमिक एनजी अर्गनाइजेसन अफ इरान (एईओआई)का प्रवक्ता बहरोज कामलवन्डील इरानको युरेनियम प्रशोधन ४ दशमलव ५ प्रतिशत पुगेको बताए । इरानका लागि आफनो बसर न्युक्लियर उर्जा केन्द्रका लागि ५ प्रतिब युरेनियम सम्बर्धनको आवश्यक रहेको र तेहरान रिसर्च रिएक्टरका लागि २० प्रतिशत प्रशोधनको आवश्यकता छ ।

प्रतिक्रिया दिनुहोस्