हसिनाद्वारा बिलय गराउने प्रस्तावको आलोचना



ढाका (एजेन्सी)
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले म्यान्मारको समस्याग्रस्त रखाइन प्रान्त बंगलादेशमा विलय गर्ने अमेरिकी सांसदले ल्याएको प्रस्तावको निन्दा गरकी छन् । हसिनाले उक्त प्रस्तावलाई अस्विकार गरेकी छन् ।
उनले उक्त प्रस्तावका विषयमा कडा प्रतिक्रिया दिँदै भनिन्–यो यस क्षेत्रमा आगो फैलाउने प्रयास हो ।


अमेरिकी प्रतिनिधिसभामा एसिया प्रशान्त क्षेत्र सम्बन्धीे उपसमितिका अध्यक्ष ब्राड्ली सर्मनले जुन १३ मा दक्षिण एसियाका लागि छुट्याइएको बजेटमाथिको छलफलका क्रममा उक्त प्रस्ताव रोखेका थिए । उनका अनुसार म्यान्मारका लाखौं रोहिँग्या छिमेकी देशमा सरणार्थी रहेका छन् । यस स्थितिमा रखाइनलाई नै बंगलादेशमा विलय गर्नु सही हुने छ ।

म्यान्मारको अशान्त रहेको प्रान्त रखाइनमा मुस्लिम बाहुल्य रहेको छ । हसिनाले भनिन्– अमेरिकी सांसदलाई एक सम्प्रभु देशमा समस्या उत्पन्न गराउने कुनै अधिकार छैन । उनले जुन मुद्दालाई उठाएको हो, त्यो पहिले देखिनै ज्वलन्त बनेको छ । त्यस क्षेत्र (रखाइन)मा शान्ति छैन । त्यहाँ उग्रवाद र अशान्तिको स्थिति छ । हामी क्षेत्रमा शान्ति स्थापित गर्ने प्रयास गरिहेका छौं, तर उनीहरु आगो लगाउने प्रयास गरिरहेका छन् । यो स्विकार्य छैन ।

बंगलादेशले म्यान्मारको सम्प्रभुताको सम्मान गर्ने गरेको हसिनाले बताइन् । आफनो सरकारले कहिले पनि विलयलाई अनुमति नदिने उनले प्रष्ट पारिन् । ‘हाम्रो आफनै सीमा छन् । हामी त्यसैमा खुशी छु । कुनै क्षेत्रलाई हाम्रो देशमा विलय गर्ने जस्ता कुनै पनि प्रस्तावलाई हामी पुर्ण रुपमा विरोध गर्छौं –उनले थपिन् ।

हालै मात्र प्रधानमन्त्री हसिना चीन भ्रमणबाट फर्केकी हुन् । यस भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति तथा प्रधानमन्त्रीसँग रोह्ंिग्या मामिला सल्टाउन ृउनले अनुरोध गरेकी थिइन् । प्रतिवेदन अनुसार बंगलादेशमा म्यान्मारबा पलायन भएका १० लाख भन्दा धेरै रोहिंग्या शरणार्थी रहेको छ । सैनिक दमनपछि रखाइनमा रहेका ती मुसलमानहरु कठिन तथा जोखिमपुर्ण यात्रा गर्दै बंगलादेश भागेका थिए ।

प्रतिक्रिया दिनुहोस्