ट्रम्पः म बेलायती राजदूत सँग काम गर्दिन



लन्डन,(एजेन्सी)
वेलायतको राजधानी लन्ड स्थित डाउनिंग स्ट्रिटले मंगलवार अमेरिकाका लागि वेलायतका राजदुत सर किम डार्रोच प्रति आफ्नो पूर्ण समर्थन रहेको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुले आइन्दा डार्रोचसंग काम गर्न नचाहेको बताएपछि डाउनिंग स्ट्रिटले यो औपचारिक प्रतिक्रिया दिएको हो ।

ट्रम्पले चुहिएको इमेलमा सर किम डार्रोकले आफ्नो सरकालाई अक्षम भएको उल्लेख गरेको पाइएपछि उनीसंग सहकार्य नगर्ने बताएका थिए । टिवटर मार्फत ट्रम्पले वेलायतका प्रधानमन्त्री टेरेजा मेको ब्रेक्जिट नीतीको आलोचना गर्दै उनले अन्यौलता सिर्जना गरेको पनि बताएका छन् ।

डाउनिंग स्ट्रिटले वेलायत र अमेरिकाबिचको सम्बन्ध अझै राम्रै रहेको तथा इमेल लिक हुनु दुर्भाग्यको कुरो भएको बताएको छ । तर विविसिको न्युयोर्क स्थित पत्रकार निक ब्रायान्टले सर किमले मंगलवार राति संयुक्त अन्तर्राष्ट्रिय व्यापार मन्त्री लियाम फोक्संगै राष्ट्रपति ट्रम्पकी पुत्री इभान्का ट्रम्प उपस्थित बैठकमा सहभागि हुन लागेको बताएका छन् ।

डाउनिंग स्ट्रिटका प्रवक्ताले बताएका छन् , ‘ हामीले अमेरिका समक्ष इमेल चुहावट भएकोमा स्पष्टिकरण दिइसकेका छौं । तर यस घटनाले दुई देशबिचको सम्बन्धको सुमधुरतालाई कुनै आँच पु¥याएको छैन । राजदुतहरुले सम्बन्धित राष्ट्रको राजनीतिक कार्यमा इमानदारिता निभाउनु पर्दछ । प्रधानमन्त्री टेरेजा मेले भने सर किमको साथ दिएकी छिन् । ’

प्रतिक्रिया दिनुहोस्