तालिवान लडाकू समूह शान्तिका लागि मार्गचित्रप्रति सहमत



कावुल,(एजेन्सी)
तालिवान लडाकु नेताहरु तथा अफगान सरकारी अधिकारीहरु लगायत अन्य प्रभाबशाली व्यक्तित्वहरुबिच सोमवार भएको ऐतिहासिक शान्ति शिखरवार्तामा ‘ शान्तिका लागि मार्गचित्र ’ बारे सहमति भएको अफगान सरकारी संचार माध्यमले जनाएको छ ।

यस कदमले अफगानिस्तानमा विगत अठार वर्षेदखि चल्दै आएके गृहयुद्ध समाप्त गर्न ठूलो टेवा पुग्ने अनुमान गरिएको छ । सो बैठमा जारी गरिएको एक विज्ञप्तिमा इस्लामिक ढाँद्धा भित्र रहेर सर्वसाधारणको हिँसा हत्या रोक्ने तथा महिलाहरुको अधिकारकाो रक्षा गरिने जनाइएको छ ।

अमेरिका र तालिवानबिचको वार्तालाई निरन्तरता दिइने लागगेको समय यो सहमति भएको हो । पछिल्लो समयमा अमेरिकाले तालिवानसंगको वार्ता भंग गरेको थियो ।

सन् २००१ को ११ सेप्टेम्वरमा अन्तर्राष्ट्रिय लडाकु समुह अलकायदको नेतृत्वमा अमेरिकाका विभिन्न स्थानमा आत्मघाती हवाई हमला भएपछि तत्कालिन राष्ट्रपति जर्ज डब्ल्यु बुशको निर्दशनमा अमेरिकाले विश्वव्यापि रुपमा आतंकवाद विरुद्धको सैनिक कारावहीको घोषणा गरेका थिए ।

त्यहि क्रममा अमेरिकाले अफगानिस्तानको तालिवान सरकारलार्य अपदस्थ गरेको थियो । मंगलावार राति नै अमेरिकी मध्यस्थकर्ताहरु र तालिवान लडाुक समुहबिच सातौं चरणको वार्ता प्रारम्भ हुने अनुमान गरिएको छ । तिनीहरुबिच यसपाली वार्ता सहमतिमा टुँगिने अनुमान गरिएको छ ।

तिनीहरुबिच यदि अफगानिस्तानलाई आतंकवादको अखडाको रुपमा प्रयोग नगरिने हो भने अमेरिकी फौजलाई स्वदेश फिर्ता लगिने विषयमा सम्झौता हुने अनुमान गरिएको छ ।

तालिवानले अमेरिकाले अफगान भुमिबाट आफ्नो फौज फिर्ता लाने औपचारिक समय तालिका घोषणा नगरे सम्म अफगान सरकारसंग प्रत्यक्ष वार्ता गर्न अस्विकार गर्दै आएको छ । तर केहि वरिष्ठ अफगान अधिकारीहरुको समेत उपस्थिती देखिएको कतारको यस दुइदिने बैठकले तालिवान र अफगान सरकारबिच भविष्यामा औपचारिका शानित वार्ता हुनसक्ने आधार तयार गरेको छ ।

अमेरिकाका प्रमुख वार्ताकार जाल्मे खलिलजादले सोमवार पत्रकारहरुलाई अफगान र तालिवान पक्षबिच कतारमा सम्मपन्न वार्ता निकै सफल रहेको बताएका थिए । विगत पााच वर्ष भित्र मात्र अफगानिस्तानको द्वन्द्वमा ४५ हजार जना भन्दा बढि सुरक्षा किर्मले ज्यान गुमाइसकेका छन् ।

संयुक्त राष्ट्र संघका अनुसार यस वर्षको पहिलो तीन महिना भित्र मात्र झण्डै ५ सय ८१ जना सर्वसाधारणको ज्यान जानुका साथै अन्य १ हजार २ सय जना घाइते भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्