हतियार बिक्री



वासिंगटन,(एजेन्सी)
अमेरिकी विदेश विभागले करिव २ अर्व २० करोड अमेरिकी डलर वरावरको हातहतिया ताइवानलाई बिक्रि गर्ने प्रस्तावलाई अनुमोदन गरेको अमेरिकी रक्षा मन्त्रालय पेनटागनले जनाएको छ ।

यस हातहतियार समझौता अनुरुप अमेरिकाले ताइवानलाई १ सय ८ वटा अव्राहम टंैक , २ सय ५० वटा स्टिन्गर क्षेप्यास्त्र र अन्य उपकरण उपलब्ध गराउने बताइएको छ । तर चीनको विदेश मन्त्रालयले अमेरिकालाई तत्कालै यस प्रस्तावित हतियार बिक्री रोक्न आब्हान गरेको छ ।

सो मन्त्रालयका प्रवक्ता जेंग सुआँगले यस कदमबाट चीनको आन्तरिक मामिलामा हस्तक्ष्ँेप हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्