सेरेना र हालेप सेमिफाइनलमा



लन्डन, (एजेन्सी)
सेरेना विलियम्स र सिमोना हालेप लन्डनमा जारी विम्बल्डन टेनिस प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।

वर्षको तेस्रो ग्रान्डस्लामको रुपमा परिचित सो प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा असेरेनाले एलिसिन रिस्केलाई हराएकी हुन् । दुई अमेरिकी खेलाडीबीचको खेल निकै प्रतिस्पर्धा भएको थियो । जसमा अनुभवी खेलाडी सेरेनाले बाजी मारिन् । उनले सो खेल ६–४, ४–६, ६–३ ले जितेकी थिइन् । योसँगै सेरेना २४औं ग्रान्डस्लाम जित्न दुई जितबाट टाढा छिन् । विश्व टेनिसमा सर्वाधिक २४ ग्रान्डस्लाम जित्ने खेलाडीमा अस्टे«लियाकी मार्गारेट कोर्ट रहेकी छिन् ।

यसैगरी रोमानियाकी हालेपले भने अन्तिम चारमा पुग्न चीनकी झांग शुआईको कडा चुनौती पार गर्नु परेको थियो । पहिलो सेटमा ४–१ ले पछि परे पनि पुनरागमन गर्दै हालेपले खेल जितेकी थिइन् । उनले सो खेल ७–६, ६–१ ले जितेकी थिइन् । उनी २०१४ पछि पहिलो पटक विम्बल्डनको सेमिफाइनलमा पुगेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्