राष्ट्रपति रनिङ्गशिल्ड नमुनालाई



पर्वत (नेस)
पर्वतमा भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड २०७६ नमुना आवासिय माबि कुस्माले जितेको छ । गतबर्षको रनिङ्गशिल्ड बिजेता समेत रहेको नमुनाले यसपटक पनि अन्य बिद्यालयहरुलाई पछि पार्दै रनिङ्गशिल्ड आफ्नै पोल्टामा पार्न सफल भएको हो ।

नमुनाले १४ स्वर्ण, ११ रजत र १ कास्य पदक हात पारेको छ । यसैगरी दोस्रो भएको कालीगण्डकी एकेडेमी कुस्माले ७ स्वर्ण, ७ रजत र २ कास्य पदक जितेको छ भने तेस्रो भएको जनत माबि देबिस्थानले ७ स्वर्ण र २ रजत पदक जितेका छन । कुस्मा र फलेबास नगरपालिकाका ५ बिद्यालयले मात्रै भाग लिएको प्रतियोगितामा भलिबलको उपाधी भने जनता माबिले जितेको छ ।

प्रतिक्रिया दिनुहोस्