नेपाली राष्ट्रिय क्रिकेट टिम मलेसिया प्रस्थान



सिंगापुरमा हुने वल्र्ड कप क्वालिफायर दोश्रो चरणको तयारी तथा अभ्यास खेल खेल्न मंगलबार मलेसिया प्रस्थान गरेको नेपाली राष्ट्रिय क्रिकेट टिम बिदाइपछि सामूहिक तस्वीर खिचाउदै । नेपालले मलेसियासंग दुई टी– २० खेल जुलाई १३ र १४ तारिखमा खेल्नेछ ।

नेपाली टोलमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी, बिनोद भण्डारी, सोमपाल कामी, करण केसी, प्रदीप ऐरी, सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी, ललितनारायण राजवंशी, अविनाश बोहरा, रोहितकुमार पौडेल र पवन शराफ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्