नेपाल एसिया कपमा छनोट



काठमाडौं, (नेस)
नेपाल श्रीलंकामा हुने आगामी एसीसी यु १९ एसिया कपको लागि छनोट भएको छ ।

मलेसियामा भएको एसीसी यु १९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेसँगै नेपाल एशिया कपको लागि छनोट भएको हो । अगस्ट २८ देखि सेप्टेम्बर ८ सम्म हुने प्रतियोगितामा नेपालसँगै ८ राष्ट्रको सहभागिता हुनेछन् । अन्य ७ टोलीमा आयोजक श्रीलंका, बंगलादेश, पाकिस्तान, अफगानिस्तान, भारत, कुवेत र युएई हुन् ।

मंगलबार भएको फाइनल खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको थियो । हङकङले मात्र ९६ रनको लक्ष्य प्रस्तुत गरेकोमा नेपालले ४ विकेटको नोक्सानीमा १६.१ ओभरमा जित हात पारेको थियो । टोलीका लागि पवन शर्राफले ३९ रन, रित गौतमले १३ रन, खडक बोहोराले ८ रन र रोहितकुमार पौडेलले १२ रनको योगदान दिए । भीम सार्की ८ रनमा नटआउट रहेका थिए । हङकङका लागि रौनक कपुरले २ विकेट लिएका थिए ।

यसअघि किनारा ओभल मैदानमा टस हारेर ब्याटिङ गरेको हङकङले ४३.१ ओभरमा अलआउट हुँदै ९५ रन जोडेको थियो । टोलीका लागि ८ ब्याटसम्यानले दोहोरो रन जोड्न सकेका थिएनन् । नेपाली बलरमा सागर ढकाल र कमलसिंह ऐरीले घातक बलिङ गरे । जसमा सागरले १० ओभरमा ५ मेडन फयाँक्दै १८ रन खर्चेर ५ विकेट लिए भने कमलले ३ विकेट लिन २३ रन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्