प्रदेश साँसद बानियाँको झापामा १५ करोड बजेट



उत्तम नेपाल, भद्रपुर । प्रदेश नम्बर १ सरकारले झापा क्षेत्र नं ३ ‘क’ का लागि करिब १५ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । झापा क्षेत्र नं ३ ‘क’ का प्रदेश साँसद् बसन्त बानियाँको पहलमा उक्त बजेट विनियोजन गरिएको हो ।

विनियोजित बजेट अन्तर्गत खानेपानीमा बनियानी ४५ लाख, बालुबाडी ७५ लाख, सुकुनाडिकी ५० लाख, केचना ३५ लाख, पथरिया ३० लाख, महेशपुर १५ लाख, पाठामारी १२ लाख रहेको छ यी सवै हाल कचनकवल गाउँपालिका क्षेत्रमा परेका छन् । त्यस्तै केचना डिप ट्वुबेलका लागि २५ लाख, भद्रपुर–महेशपुर डिप ट्वुबेलका लागि २५ लाख बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी बागाडाँगी उत्तर बालुबाडी–हल्दिबारी सडकका लागि पाँच करोड, सिगीमाटीबाट बालुबाडी–पथरिया जाने सडकका लागि ७६ लाख, कमलधाप संयुक्त धार्मिक स्थलका लागि एक करोड, बालउद्यान बनियानीका लागि ५० लाख, दियालो सिमसारका लागि ४० लाख, अन्धुवा खोला पुल, घेराबारीका लागि ५३ लाख, देवनीया खोला झोलुङ्गे पुलका लागि ३० लाख, केचना–सगरमाथा आधार शिविर जोड्ने सडकका लागि एक करोड १० लाख बजेट विनियोजन गरिएको छ ।

त्यस्तै घेराबारी खानेपानीका लागि २० लाख, मेची अञ्चल अस्पतालमा ज्येष्ठ नागरिकका लागि २० लाख, मेची अञ्चल अस्पताल सामाजिक सेवाका लागि २० लाख, मेची अञ्चल अस्पताल एकद्वार सडकका लागि १५ लाख, कचनकवल शहीद स्मृति प्रतिष्ठानका लागि १० लाख, सामुदायिक सेवा मञ्च भद्रपुरका लागि १५ लाख, सामुदायिक भवन बनियानीका लागि १५ लाख बजेट विनियोजन गरेको छ ।

त्यस्तै किच्चकबधका लागि १० लाख, देउनीया–पथरिया सिँचाईका लागि आठ लाख ४६ हजार, देउनीया खोला नियन्त्रण वडा नं १,२,७ र ८का लागि १२ लाख ५० हजार, आदर्श जनजागृति सिँचाई भद्रपुरका लागि १५ लाख, आपगाछी बाघडुंग्रा सिँचाईका लागि १५ लाख, त्रिवेणी पुल भद्रपुर–१ का लागि एक करोड ५० लाख र पाठामारी डिप बोरिङ् खानेपानीका लागि दुई लाख रुपैयाँ विनियोजन गरिएको बताइएको छ ।

अन्य क्षेत्रको तुलनामा झापाको दक्षिणी भाग विकासको दृष्टिकोणले पछि परेकोले गतवर्ष देखि बजेट विनियोजन शुरु भएको साँसद् बानियाँले बताउँनुभयो । विकासलाइ समान तवरले हेरी प्राथमिकताका आधारमा बजेट विनियोजन हुनु पर्ने उहाँको बुझाइ थियो । बजेट बनाउँदा स्थानीय तहले पनि आवश्यक्तालाइ हेरेर रकम विनियोजन गर्न उहाँले सुझाव दिनुभयो ।

विश्वको अग्लो सगरमाथा र नेपालको होचो भू–भाग कचनकवल जोडन राष्ट्रिय गौरबको योजनाका लागि सङ्घीय सरकारसँग बजेट माग गरिएको उहाँले सुनाउँनुभयो । सरकारले क्षेत्र (क )मा विनियोजन गर्दै आएको बजेट अझैपनि कम भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्