४ हजार इसापूर्वका अवशेष फिर्ता



पेरिस (एजेन्सी)
फ्रान्सले पाकिस्तानलाई करिब ४ सय ५० प्राचिन पुरात्तात्विक महत्वका बस्तु फिर्ता गरेको छ । ती पुरातात्विक बस्तुहरु फ्रान्सली भन्सार अधिकारीहरुले करिब एक दशक अघि जफत गरिएको थियो ।

फिर्ता गरिएका मध्य केही बस्तुहरु ४ हजार ईसा पुर्वका हुन् । पेरिसको चाल्र्स डी गल हवाई अड्डामा सन् २००६ मा सीमा अधिकारीहरुले पाकिस्तानबाट आएको एक पार्सलको जाँच गरेका थिए ।

पार्सललाई शहरको एक संग्रहालयका लागि पठाइएको थियो र त्यसमा करिब १ सय बर्ष पुराना टेराकोटाका १७ भाँडाकुँदा रहेका दावी गरिउको थियो । तर एक विशेषज्ञले ती भाँडाको जाँच गर्दा केही बस्तु ईसा पुर्व दोस्रो वा तेस्रो सताब्दीको भएको र सम्भवत ती बस्तुहरु बलुचिस्तान प्रान्तको कुनै चिहानस्थलबाट चोरी गरिएको खुलासा भएको थियो ।

करिब एक बर्षसम्मको सघन जाँचपछि सोधकर्ताहरले कुल ४ सय ४५ बस्तु प्राप्त गरे, जसमा केही ४ हजार ईसा पुर्वका थिए । यस क्रममा उनीहरुले पेरिसको एक ग्यालरीमा छापा पनि मारेका थिए । ती बस्तुहरुको अनुमानित मुल्य १ लाख ३९ हजार युरो अनुमान गरिउको छ ।

प्रतिक्रिया दिनुहोस्