प्रतिष्ठाका लागि ३ लाख जनावरको शिकार



लन्डन (एजेन्सी)
आफनो प्रतिष्ठाका लागि जंगली जनावरका सिकार गर्ने सिकारिहरुले विगत एक दशकमा करीब ३ लाख साना–ठूला जनावर मारेको जनाइएको छ । पुरै विश्वमा हुने गरेको यस प्रकारको अनुचित शिकारले जगली जनावरको अस्तित्वमाथि गम्भिर खतरा मन्डराएको छ ।

जनावरको शिकार उनीहरुको हड्डी, सिंग र शरीरका अन्य हिस्साका लागि गरिन्छ । बोर्न फ्रि फाउन्डेसनका आंकडा अनुसार ठूला जनावरमा ४० हजार अफ्रिकी हात्ती, १४ हजार शेर र ८ हजार चितुवालाई हटिंग ट्रफीका लागि मारिएका थिए ।

फाउन्डेसनले जिम्बाब्वेको ह्वांगे नेसनल पार्कमा धनुष प्रहार गरिए मारिएका सिसिल शेरको चौथो बर्षगाँठमा जारी आंकडामा उक्त दावी गरिएको हो । अहिले विश्वको जंगलमा ४ लाख हात्ती र २० हजार शेर मात्र बाँकी रहेको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सिसिलको शिकार अमेरिकी डेन्टिस्ट वाल्टर पामरले गरेका थिए । त्यसपछि उनलाई पनि ज्यान लिने धम्की आएको थियो । बोर्न फ्री प्रमुख हावर्ड जोन्सले भने– जनावर जंगलमा बस्छन, उनीहरु भित्तामा देखिने होइन । हामी यती मात्रै चाहन्छौ कि कुनै पनि जनावरले सिसिलको जस्तो पिडादायी मृत्यु नहोस् ।
यसको लागि कसैले गौरबका लागि जनावर सिकार गर्न रोक्न र उनीहरुको अंग आयात हुन नदिन बेलायत र अन्य देशका सरकारहरु माथि दबाव बनाइराख्ने जोन्सले बताए ।

प्रतिक्रिया दिनुहोस्