स्वर्ण विजेता सम्मानित



काठमाडौं, (नेस)
मदन भण्डारी स्पोर्ट्स एकेडेमी, काठमाडौं जिल्ला कमिटीले आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण जित्न सफल काठमाडौंका खेलाडीलाई सोमबार सम्मान गरेको छ ।

विभिन्न ६ खेलमा स्वर्ण जितेका १३ खेलाडीलाई एक कार्यक्रममा सम्मान गरियो । जसमा फेन्सिङका अमित भण्डारी, ओमकार सिंह, पायस योञ्जन र सन्तोष थापा मगर, शारीरिक सुगठनका अनिललाल श्रेष्ठ, नरेश मालाकार र आवाज प्याकुरेल तथा सफ्ट टेनिसका चन्द्रमाया राई, सुनिरा थापा र निर्मल स्थापित सम्मानित भए । सम्मानित हुने अन्यमा आईटीएफ तेक्वान्दोका अनिल तामाङ, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र बक्सिङकी सुष्मा तामाङ रहेका छन् ।

उक्त ६ खेलका प्रशिक्षक आईटीएफका कृष्ण राजथला, फेन्सिङका प्रेमबहादुर पुलामी, शारीरिक सुगठनका ज्ञानेन्द्र नकर्मी, सफ्ट टेनिसकी निरा कायश्थ, एथलेटिक्सकी विमला जोशी र बक्सिङका राज श्रेष्ठलाई पनि त्यसै अवसरमा सम्मान गरियो ।

उनीहरुलाई मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठ, सचिव ओमकृष्ण प्रसाईं, आयोजक कमिटीका अध्यक्ष नाजिर उद्दिन मुस्लिमलगायतले प्रशंसा पत्र र ट्रयाक सुट प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे ।

प्रतिक्रिया दिनुहोस्