कुन चाहिँ नक्कली ?



विषादी बहसले शहर बजारमात्रै होइन, समग्र गाउँघरको माहोल तताएको छ । बजारमा सब्जी किन्दा मात्रै होइन सब्जी केलाउँदा, काट्दा अनि पकाउँदा झस्किनेहरुको संख्या अहिले निकै बढेको छ । एक साता अघिसम्म निधक्क दुई तीन प्लेट भात ठटाउनेहरु सब्जीकै कारणले टेन्सनमा देखिन्छन् ।

टेन्सन उपभोक्तालाई मात्रै होइन, टेन्सनको पहाडले ओली क्याविनेटलाई थचक्कै थिच्या छ । गत शनिवारको नेकपा संसदीय दलको बैठकमा चर्को आलोचना खेप्नु परेपछि पीएम ओलीले तयारी र उपकरण पर्याप्त नभएकाले तत्काल विषादी परीक्षण गर्न नसकिएको तर्क गरे । ‘सरकार भारतीय दवावमा परेको होइन, तयारी पयाप्त भएन’–उनले यस्तै दावी गरे ।


सोमबार बानेश्वरतर्फ दुरविन सोभ्mयाउँदा आपूर्तिमन्त्री यादवको तर्क पनि उस्तै सुनियो । भारतीय दबावमा निर्णय फिर्ता लिइएको होइन, माननीयज्यूहरु हावाको भरमा नउफ्रिनुस्’–राष्ट्रियसभामा उनले यस्तै तर्क गरे । प्रधानमन्त्री, मन्त्री र क्वाविनेट निकटकाहरुले यस्तो रटान लगाइरहँदा भारतीय दूतावासको यस्तो पत्र फ्याट्ट भेटियो, अब कुरो आफै बुझौ पत्र झुटो हो कि क्याविनेटको रटान झुटो ?

प्रतिक्रिया दिनुहोस्