खेलकुद क्षेत्रलाई राजनीति बाट मुक्त राख्नु पर्छ: बिनोद श्रेष्ठ



काठमाडौ । नेपालको खेल क्षेत्रलाइ बिकास गर्न विभिन्न राजनीतिक दलका खेलसङ संबन्धित बिभिन्न सङ संस्थाहरु एउटै थलोमा उभिएर अभियान चलाउनु पर्नेमा मदन भण्डारी स्पोर्ट्स एकेडमीका अध्यक्ष बिनोद श्रेष्ठले जोड दिएका छन् ।

श्रेष्ठले सो कुरा मदन भण्डारी स्पोर्ट्स एकेडेमी काठमाडौ जिल्ला कमिटी द्वारा आयोजित खेलाडी सम्मान कार्यक्रममा बताएका हुन्। प्रमुख अतिथिका रुपमा कार्यक्र्ममा निम्त्याइएका श्रेष्ठले नेपाललाइ पशुपति, लुम्बिनी र सगरमाथाको देश मात्रै नभएर खेलाडी उत्पादन गर्ने देशका रूपमा चिनाउनु पर्ने बताए ।

यसैगरी काठमाडौ महानगरपालिका वडा नम्बर २२ का वडाअध्यक्ष चिनकाजी महर्जनले खेल्कुदको बिकासमा आफु निरन्तर लागी रहने र स्थानीय निकायले खेलकुदको बिकासमा जोड दिने बताए । आयोजक संस्था मदन भण्डारी स्पोर्ट्स एकेडेमी काठमाडौ जिल्ला कमिटीका अध्यक्ष नाजिर उद्दिन मुस्लिमले खेलकुदको बिकासमा सबैले साथ दिनु पर्ने बताए । खेल बिनाको जिबन कल्पना गर्न नसकिने उनले बताए । काठमाडौ जिल्ला कमिटीले खेलकुदको बिकासमा प्रभाबकारी काम गर्ने धारणा राखे ।

सो अवसरमा तेक्वान्दो तर्फ अनिल तामाङ, फेन्सिङ तर्फ क्रमस अमित भण्डारी, ओमकार सिंह ,पायस योन्जन सन्तोष थापा मगर लाइ सम्मानित गरिएको थियो । यसैगरी बक्सिङ तर्फ सुस्मा तामाङ, एथलेटिक्स सन्तोषी श्रेष्ठ सफ्टेनिस तर्फ चन्द्र्माया राइ, सुनिरा थापा , निर्मल स्थापित र शारीरिक सुगठन तर्फ अनिल लाल श्रेष्ठ, नरेश मालाकार र आवाज प्याकुरेल लाइ प्रमुख अतिथि बिनोद श्रेष्ठ काठमाडौ अध्यक्ष नाजिर उद्दिन र काठमाडौ महानरपालिका वडा नम्बर २२ का अध्यक्ष चिनकाजी महर्जन ले सम्मान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्