एकोन इन्जिनियरिङ एडु फेयर हुँदै



विभिन्न विश्वविद्यालयसँग सम्बन्धन लिएका निजी इन्जिनियरिङ कलेजहरूको छाता संगठन एकोन र साढे दुई दशकदेखि अनवरतरूपमा प्रशिक्षण गरिरहेको पिइए एसोसियट प्रालिको संयुक्त आयोजनामा एकोन इन्जिनियरिङ एडु फेयर–२०१९ हुने भएको छ। यही असार २५ र २६ गते दुई दिनसम्म सञ्चालन हुने मेलामा नेपालका ३० वटा इन्जिनियरिङ कलेजका सहभागिता हुने भएको छ।

‘सम्वृद्ध नेपालको आवश्यकता, स्वदेशमै इन्जिनियरिङ शिक्षा भन्ने मूल नाराका साथ आयोजना हुन लागेको मेलामा हरेक दिन दुई सत्रमा विभाजन गरी विशेषज्ञमार्फत इन्जिनियरिङ शिक्षाको बारेमा जानकारी दिइनेछ। नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने मेलामा इन्जिनियरिङ अध्ययनको उत्प्रेरणा र इन्जिनियरिङ शिक्षाको आवश्यकता एवं अभिरुचिका बारेमा विशेषज्ञमार्फत धारणा प्रस्तुत गरिने संस्थाका अध्यक्ष लक्ष्मण पोखरेलले जानकारी गराउनुभयो। निजी इन्जिनियरिङ कलेजका सहभागितामा नेपालमा पहिलोपटक आयोजना हुन लागेको मेलामा करिब १० हजार विद्यार्थीको सहभागिता हुने मेलामा विद्यार्थीले आफ्नो अभिरुचिअनुसार विषय छनोट गर्न पाउने एकोनले जनाएको छ।

प्रशिक्षण लिने विद्यार्थीलाई नेपालमा इन्जिनियरिङ शिक्षाको गुणस्तर र अवसरका बारेमा जानकारी गराइन्छ। देशमै इन्जिनियरिङ अध्ययन गर्न सकून् भन्ने उद्देश्यले छात्रवृत्तिसहित अध्यापन गराइन्छ। मेलाको मुख्य उद्देश्य नै विदेशी पुँजी र प्रतिभा विदेश पलायन हुनबाट रोक्ने रहेको आयोजकले जनाएका छन्।

एकोनका महासचिव रमेश श्रेष्ठले मूलतः विज्ञान संकायतर्फ कक्षा १२, ए लेभल इन्जिनियरिङ डिप्लोमा गरेका इन्जिनियरिङ अध्ययन आकांक्षी विद्यार्थी र तीनका अभिभावकलाई नेपालमै विश्वस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्न सक्ने कलेजको पछिल्लो अवस्थाबारे जानकारी दिइने बताउनुभयो। मेलामा उपस्थित अभिभावक र विद्यार्थीलाई नेपालका इन्जिनियरिङक कलेजले विश्वस्तरीय शिक्षा दिन सक्षम छन् भन्ने विषयमा जानकारी गराउन र कुन कलेजले कस्तो विषयमा अध्यापन गराइरहेका छन् भन्ने विषयमा जानकारी गराउन मेला आयोजना गर्न लागिएको महासचिव श्रेष्ठको भनाइ छ।

एकोनले हिजो आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्राविधिक क्षेत्रको विकास, संरक्षण र प्रवद्र्धन तथा यसमा पनि विशेषतः इन्जिनियरिङ शिक्षाको क्षेत्रमा सरकारसँग सहकार्य गर्दै निजी क्षेत्रमा सञ्चालित कलेजका बारेमा जानकारी गराउन मेला आयोजना गर्न लागिएको जनाएको छ। आधुनिक विश्वले माग गरेको इलेक्ट्रोनिक्स, कम्प्युटर, इलेक्ट्रिकल, मेकानिकल, सिभिल, सूचना प्रविधि (आईटी)लगायत क्षेमा अध्यापन गराउने र प्रतिस्पर्धी, दक्ष एवं कौशलपूर्ण प्राविधिक उत्पादन गर्न सक्ने क्षमता रहेको विषयमा विद्यार्थी, अभिभावक र सरोकारवालालाई जानकारी गराउन कार्यक्रमको मुख्य लक्ष्य रहेको अध्यक्ष पोखरेलले जानकारी गराउनुभयो। विश्वका विकसित मुलुकहरूमा इन्जिनियरिङका विविध क्षेत्रमा नेतृत्वदायी भूमिकामा कार्य गर्ने नेपाली इन्जिनियर अधिकांश नेपालकै कलेजबाट दीक्षित रहेका र तिनका संख्या उल्लेख्य रहेको जानकारी दिनसमेत फेयर आयोजना गरिएको एकोनले जनाएको छ।

स्वदेशी पुँजी र प्रतिभा विदेशमा पलायन हुनबाट रोक्न र नेपालमा इन्जिनियरिङ शिक्षाका बारेमा जानकारी गराउन आयोजना गर्न लागिएको मेलामा भविष्यमा विदेशी विद्यार्थीलाई मौसम, पर्यटन, बसोबास र शैक्षिक गुणस्तरका पक्षमा सुसूचीत गरी नेपाललाई इन्जिनियरिङ अध्ययनको प्रमुख गन्तव्यका रूपमा विकास गराउने योजना रहेको महासचिव श्रेष्ठले बताउनुभयो।

आयोजक पीईएका प्रमुख एवं एकोनका प्रमुख पोखरेलले इन्जिनियरिङ प्रवेश परीक्षाको तयारीको क्रममा पहिलो रोजाइ रहेको पीईएमा वार्षिक करिब ७ हजार बढी विद्यार्थी अध्ययन गर्ने गरेको जानकारी गराउनुभयो। उहाँले भन्नुभयो– ‘यहाँ प्रशिक्षण लिने विद्यार्थीलाई नेपालमा इन्जिनियरिङ शिक्षाको गुणस्तर र अवसरका बारेमा जानकारी गराइन्छ। देशमै इन्जिनियरिङ अध्ययन गर्न सकून् भन्ने उद्देश्यले छात्रवृत्तिसहित अध्यापन गराइन्छ। मेलाको मुख्य उद्देश्य नै विदेशी पुँजी र प्रतिभा विदेश पलायन हुनबाट रोक्ने रहेको आयोजकले जनाएका छन्।

 

प्रतिक्रिया दिनुहोस्