उत्तर कोरियाद्वारा अस्ट्रेलियाली विद्यार्थीलाई जासुसीको आरोप



सोल,(एजेनसी)
उत्तर कोरियाले धेरै दिन देखि हिरासतमा राखिएका एकजना अष्ट्रेलियाली बिद्यार्थीलाई रिहा गर्नु अघि उनले न्युज आउटलेटका लागि जासुसी गर्ने गरेको आरो लगाएको छ । २९ वर्षिय एलेक सिग्ली जुनको उत्तरार्धमा वेपत्ता भएके खवर सार्वजनिक भक्एो थियो ।

तर स्विडेनी अधिकारीहरुले प्योंगयाँगमा उत्तर कोरियाली सरकारसंग छलफल गरेपछि उनलाई विहिवार हिरासत मुक्त गरिएको थियो । अष्ट्रेलियाको उत्तर कोरियामा आफ्नो दुतावास छैन । सिग्लीको लेखहरु प्रकासित गर्दै आएका वेवसाइटहरु मध्ये एक एनके न्युजले उनले ति वेवसाइटहरुका लागि जासुसी गर्दै आएको भन्ने प्योंगयांगको आरोप अस्विकार गरेको छ ।

एनके न्युजले उनले लेख्ने गरेका प्यांगयांगको जीवनशैली बारेको गैर राजनीतिक दृष्टिकोणलाई समेटिएका लेखहरु मात्र आफुले प्रकासित गर्दै आएको दावी गरेको छ । धाराप्रवाह कोरियाली भाषा बोल्न सक्ने सिग्ली प्यांगयांगमा वसोवास गर्र्दै आइरहेका थिए ।

किम इल सुंग विश्वविद्यालयमा स्नातकोत्तर तहमा अध्यनरत उनले पर्यटन व्यवशाय पनि संचालन गर्दै आइरहेको बुझिएको छ । तर हिरासत मुक्त भएपछि उनले आफुलाई किन हिरासतमा लिइयो भन्नेबारे केहि पनि बोलेको छैन । हिरासतबाट मुक्त हुनासाथ उनी विमानबाट जापान तर्फ गएकबा छन् । उनकी पत्नी जापानमा बस्ने गरेकी छिन् ।

गत शनिवार उत्तर कोरियाको सरकारी समाचार निकाय केसिएनएले सिग्लीले भिन्न सुचना र तस्वीरहरु अवैध ढंगले आदान प्रदान गरेको थुप्रै घटनाको अभिलेख भएके बताएको थियो । उत्तर कोरियाले प्रायश नियनत्रणमा लिइएको विदेशी नागरिकहरु माथि जासुसी गरेको तथा राष्ट्रलाई अहित हुने कार्यमा संलग्न रहने गरेका जस्ता अभियोग लगाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्