आत्मघाती हमला



गजनी(एजेन्सी)
पुर्वी अफगानिस्तानमा तालिबानद्वारा गरिएको कार बम विस्फोटमा कम्तिमा १२ जनाको मृत्यु र कयौं घाइते भएका छन् । उक्त हमला तालिबान प्रतिनिधि, अमेरिकी वार्ताकार र अफगान प्रतिनिधिबीच अफगानिस्तानमा विगत १८ बर्ष देखि जारी हिँसा समाप्त गर्न दोहामा शान्ति वार्ता गरिरहँदा भएको हो ।

आत्मघाती हमलाको निसाना गजनी स्थित गुप्तचर इकाईको परिसर भएको गजनीका प्रान्तिय गभर्नरका प्रवक्ताले जानकारी दिए । आक्रमणमा १ सय ७९ जना घाइते भएको र त्यसमा धेरैजसो सर्वसाधारण र बच्चा भएको उनले बताए । वाट्सएप सन्देशमा तालिवानले उक्त हमलाको जिम्मेवारी लिएको छ ।

प्रतिक्रिया दिनुहोस्