सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने



काठमाडौं, (नेस)
सिटिजन्स बैंक इन्टरनेसनलले सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने भएको छ । प्राप्ति गर्ने समझदारी पत्रमा आइतबार हस्ताक्षर भएको छ ।

पछिल्लो तथ्यांकअनुसार सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई प्राप्ति गरेपछि निक्षेप ७५ अर्ब ६८ करोड रुपिया“ पुग्ने छ भने ऋण लगानी ६८ अर्ब ४७ करोड रुपिया“ पुग्नेछ । हाल सिटिजन्स बैंकको चुक्ता पु“जी ८ अर्ब ३७ करोड रुपिया“ रहेको छ भने सहयोगी विकास बैंकको चुक्ता पु“जी ५० करोड ९६ लाख रुपिया“ रहेको छ ।

प्रारम्भिक सहमतिअनुसार सहयोगी विकास बैंकले एक कित्ता बराबर ९० रुपिया“ पाउनेछ । तथापि, वास्तविक शेयर स्वाप रेसियो विस्तृत मूल्याङ्कन प्रतिवेदनद्वारा सिफारिस भए बमोजिम निर्धारण गर्ने सहमति भएको छ । धनुषा, महोत्तरी र सिन्धुली जिल्ला कार्यक्षेत्र भएको सहयोगी विकास बैंकको १४ वटा शाखा रहेको छ । ती तीन जिल्लामा सिटिजन्स बैंकको हाल ९ वटा शाखा संचालनमा रहेका छन् ।

सिटिजन्स बैंक इन्टरनेसनल कुल ९५ वटा शाखा, ८० वटा एटीएम र सय० वटा शाखारहित बैंकिङ एकाईबाट करिव पा“च लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्