अर्जेन्टिना तेस्रो



लन्डन, (एजेन्सी)
कोपा अमेरिका फुटबलको तेस्रो स्थानका लागि भएको खेलमा अर्जेन्टिना विजयी हुदां मेसीले करियरको दोस्रो रातो कार्ड बेहोरेका छन्
आइतबार बिहान लियोनेल मेसीले करियरको दोस्रो रातो बेहोरेको उक्त खेलमा अर्जेन्टिनाले चिलीलाई २–१ गोलअन्तरले ले हराएको हो ।

पहिलो हाफको ८ मिनेट समय बाँकी रहँदा चिलीका ग्यारी मेडेल र मेसीलाई रेफ्रीले रातो कार्ड देखाएका थिए । रेफ्रीले दुवै खेलाडीले एक अर्कालाई ठेल्न थालेपछि रातो कार्ड देखाएका हुन् । बल टच लाइनबाहिर गइसकेपछि मेडेलले मेसीलाई टाउकोले हान्न खोजेका थिए, तर रेफ्रीले दुवै खेलाडीलाई रातो कार्ड दिए ।

अर्जेन्टिनाको जितमा सर्जियो अगुएरो र पाउलो डिबालाले एक–एक गोल गरेका थिए । त्यसअघि खेलको १२ औं मिनेटमा सर्जियो अगुएरोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । उनले लिओनेल मेसीको पासमा गोल गरेका थिए । त्यसको १० मिनेटपछि डिबालाले अर्जेन्टिनाको अग्रता दोब्बर पारे । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीका खेलाडीले अनावश्यक फल प्रहार गरेका थिए ।

दोस्रो हाफमा भने चिलीले एक गोल फर्कायो । आर्टुरो भिडालले पेनाल्टीमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । थप गोल हुन नसक्दा अर्जेन्टिनाले तेस्रो स्थान हासिल ग¥यो । कोपा अमेरिकाको फाइनलमा ब्राजिल र पेरुबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्