नाडाल फेडेरर चौथो चरणमा प्रवेश



लन्डन । आठ पटकका च्याम्पियन स्वीट्जरल्यान्डका रोजर फेडेरर र दुई पटकका च्याम्पियन स्पेनका राफेल नाडाल लन्डनमा जारी विम्बल्डन टेनिस प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेका छन् ।

सैंतीस वर्षीय फेडेररले फ्रान्सका लुकास पौलीलाई ७–५, ६–२, ७–६९४० को सोझो सेटमा पराजित गरेका थिए । ग्रान्डस्लाममा यो उनको व्यक्तिगत ३५०औं जित हो । ग्रान्डस्लामको इतिहासमा कुनै पनि खेलाडीले जितेको सर्वाधिक खेलसंख्या नै यही हो ।

चौथो राउन्डमा फेडेररको भेट अब १७औं वरियताका इटालियन खेलाडी माटिओ बेरेटिनीसँग हुनेछ ।

दोस्रो वरियताका नाडालले पनि फ्रान्सका जो विल्फ्रेड सोङ्गालाई ६–२, ६–३ र ६–२ को सोझो सेटमा पराजित गरे । विम्बल्डनमा नाडालको चौथो राउन्डमा प्रवेशको यो नवौं अवसर हो । अब नाडालको प्रतिस्पर्धा विना वरियताका पोर्चुगाली खेलाडी जोआ सोउसासँग हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस्