फिल्मी गीत अब पनि मैले नै गाउनुपर्छ भन्ने छैन: देविका वन्दना



यस्तै रहेछ यहाँको चलन बोलको गीत सुन्ने बित्तिकै गायिका देविका वन्दनालाई सम्झिने धेरै छन्। देविकाले ५० को दशकमा यो गीत गाएपछि आफ्नो करिअरमा पछाडि फर्केर हेर्नुपरेन। धेरैको मनमा बसिन् भने यो गीत सुुनेर धेरैले आत्महत्या गरे। साढे दुई दशकदेखि गीत–संगीतमा सक्रिय रहँदै एक जमानाको फिल्मी गीत गायनमा एक क्षत्र राज गरेकी देविकालाई चिनाउने दर्जनौं आधुनिक र फिल्मी गीत छन्। अच्छा लेकिन लन्डनको चिसोले समाउँला, भरे आउँछु सपनीमा यो माया के हो, सुन सुन सनम, हे संगीता, चिट्ठी लेखेछ, एउटा परदेशी, तलतल तलतल, मन चंगा भोजस्ता देविकाका फिल्मी र पप आधुनिक गीतहरू सदावहार सावित भएका छन्। फिल्मी, पप, आधुनिकदेखि भजन, राष्ट्रिय, शुभकामना गीतसम्म फैलिएका देविकाका स्वर पछिल्लो समयमा पनि उत्तिकै लोकप्रिय छन्। नेपाली सांगीतिक क्षेत्रलाई हजारभन्दा बढी गीत दिइसकेकी देविकाले केही समयअघि बस तेरा नाम, अब दि जरा जरा जस्ता हिन्दी गीत गाएकी छिन् भने हालै माया घटेन बोलको गीत सार्वजनिक गरेकी छिन्। बुटवल बसोबास गर्ने गायिका केही समययता काठमाडौंमा छिन्। उनीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ:

हाल के गर्दै हुनुहुन्छ ?
अहिले माया घटेन बोलको गीतको प्रोमोसनमा व्यस्त छु। केही दिनअघि मात्र पोखराको कार्यक्रममा सहभागी भएर आएँ। डा. दीनबन्धु शर्माको शब्द र बिजेश मनीषको संगीतमा ८ मिनेट लामो बुद्धसम्बन्धी गीत र भिडियो तयारीमा लागेको छु।

माया घटेन बोलको गीतको रेस्पोन्स कस्तो पाउनुभएको छ ?
माया घटेनलाई दर्शक स्रोताले एकदमै माया गर्नुभएको छ। दीपक शर्माको शब्द तथा संगीत रहेको गीत दर्शकले निकै रुचाउनुभएको छ। लोक र आधुनिकलाई मिश्रण गरेर राम्रो गीत गाउनुभएको रहेछ भन्नुभएको छ। मोडल रेश्मा घिमिरेले नृत्य र अभिनय गरेको भिडियोलाई पनि दर्शकले राम्रो मान्नुभएको छ। आफ्नै युट्युब च्यानलमार्फत रिलिज गरे पनि यसले सफलता पाइरहेको छ।


सानै उमेरमा गीत–संगीतमा लाग्नुभएको थियो। प्रेरणा कसरी मिल्यो ?
सानै बेलादेखि स्कुलमा हुने विभिन्न प्रतियोगितामा स्टेजमा गएर तारादेवी, अरुणा लामा, कुन्ती मोक्तान, सुक्मित गुरुङ दिदीहरूको गीत गाउँदा साथी र गुरुहरूले तिम्रो स्वर मीठो छ भनेर तारिफ गर्नुहुन्थ्यो। जसले गर्दा गीत–संगीतमै लाग्न प्रेरणा मिल्यो। म त्यति बेला संगीत सिक्न शिलाबहादुर मोक्तान र कुन्ती मोक्तान दिदीको घरमै जान्थें। गीत गाउनका लागि रेडियो नेपालमा भ्वाइस टेस्ट पास गर्नुपथ्र्योे। मैले दोस्रोपटकमा भ्वाइस टेस्ट पास गरें। त्यसपछि रेडियो नेपालमा एउटा परदेशी बोलको गीत लाइभ रेर्कडिङ गर्ने मौका पाएको थिएँ।

हिजोआज तपाईंको स्वरमा फिल्मी गीत कमै सुनिन्छ नि ?
गीतको अफरहरू त निकै आइरहेका हुन्छन्। तर, समय नै मिल्दैन। म आफ्ना गीतमै व्यस्त हुन्छु। धेरै जनाले शब्द पठाउनुहुन्छ। तर, शब्द र संगीत मन नपरेका कारण धेरै गीत रिजेक्ट गरेको छु। कति जना भाइहरू त भन्न पनि डराउनुहुन्छ। डराई–डराई गीत गाउन अफर गर्नुहुन्छ। गाउँदिन भनेपछि कतिले फेरि ट्युनिङ गरेर पठाउनु पनि हुन्छ। अर्को कुरा गीत–संगीत राम्रो लागे पनि आफँलाई सुट हँुदैन भन्ने लाग्यो भने गाउँदिन। फेरि फिल्मी क्षेत्रमा अहिले राम्रा राम्रँ सिंगर आइराख्नुभएको छ। मैले फिल्म कस्तुरीबाट फिल्मी गायन शुरू गरेको थिएँ। हालसम्म सयभन्दा बढी फिल्मका गीत गाइसकेको छु। अब पनि मैले नै गाउनुपर्छ भन्ने जरुरी पनि छैन। म अन्य विधाका गीतहरूमै काम गरिरहेको छु।

पछिल्लो समय रियालिटी शोहरूमार्फत नवप्रतिभा आइराख्नुभएको छ। कसरी लिनुभएको छ ?
पछिल्लो समय यस्ता कार्यक्रमका कारण धेरै नवप्रतिभाले गतिलो प्ल्याटफर्म पाइरहेका छन्। म पनि भ्वाइस अफ टिन, स्वर संग्राम जस्ता रियालिटी शोमा निर्णायकका रूपमा काम गरेको छु। यस्ता कार्यक्रमबाट कुनाकाप्चामा रहेका प्रतिभाले सहभागी हुने राम्रो मौका पाउँछन्। उनीहरूलाई गीत–संगीतका बारेमा ज्ञान दिइने भएकाले उनीहरूमा अझ निखार आउँछ। आर्थिकरूपमा पछाडि परेका यस्ता कलाकारलाई अगाडि आउन यस्तो कार्यक्रमले निकै सहयोग गरेको मैले पाएको छु। कार्यक्रममा भाग लिएर पहिलो हुनै पर्छ भन्ने होइन उत्कृष्ट १५ सम्म परेका कन्टेस्टेन्ट पछि गएर राम्रो गायकगायिका भएका छन्। त्यस कारण यस्तो कार्यक्रम हुनु गीत–संगीत क्ष्ँेत्रका लागि एकदमै राम्रो हो तर रियल जजमेन्टचाहिँ हुनुपर्छ।

तपाईंले लामो समय फिल्म गीत–संगीत क्षेत्रमा बिताउनुभयो। पहिले र अहिलेको फिल्मी संगीतमा कत्तिको फरक पाउन भएको छ ?
हाम्रो समयमा जति गाह्रो थियो, अहिले त्यति नै सजिलो छ। पहिले आफँमा रुचि र प्रतिभा भएर पनि ज्ञान लिन धेरै गाह्रो थियो। गुरुहरूसँग भेट हुन पनि निकै गाह्रो थियो। तर, अहिले त्यस्तो छैन। गीत–संगीत सिक्ने ठाउँ धेरै छन्। गीत–संगीत मात्र होइन कुनै पनि कुरामा रुचि छ भने घरमै बसेर युट्युबमार्फत ज्ञान लिन सकिन्छ। संगीतमा पनि त्यस्तै हो। यदि रुचि छ भने युट्युबमा सर्च गरेर विभिन्न राग, धुन आदिका बारेमा जानकारी लिन सकिन्छ। तर, यसरी सिक्नुभन्दा पनि प्रत्यक्षरूपमा गुरुबाट ज्ञान लिनु राम्रँे हुन्छ।


संगीत क्षेत्रमा आएपछिको अविस्मरणीय क्षण ?
त्यस्तो त धेरै छन्। २०५० सालमा यादव खरेल दाइको शब्द र शम्भुजित बासकोटा दाइको संगीतमा यस्तै रहेछ यहाँको चलन बोलको गीत गाएँ। त्यो गीत निकै लोकप्रिय भयो। त्यो गीत सुनेर तराई तथा पश्चिम क्ष्ँेत्रमा केही व्यक्तिले आत्महत्या गर्नुभयो रे भन्ने सुनें। निकै नरमाइलो लाग्यो। त्यो घटनाले बेला–बेला भावुक बनाउँछ।

तपाईंको कस्तो–कस्तो फ्यान हुनुहुन्छ? उनीहरूले गरेको बिर्सनै नसक्ने कुरा ?
त्यस्तो त धेरै नै हुुनुहुन्छ। एकपटक हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ दाइहरू, कुन्ती मोक्तान, सुक्मित गुरुङ दिदीरूसहित २०÷३० जना कलाकार धनगढीमा कार्यक्रम गरेर बसमा फर्किंदै थियौं। बाटोमा प्रहरीले हाम्रो बस रोक्यो, हरिवंश दाइ के भएको रहेछ भनेर बुझ्नका लागि ओर्लिनुभयो र बसमा फर्केर देविकाको फोन रहेछ जाउ भन्नुभयो। मैले सानो बच्चा घरमै छोडेर आएको थिएँ। घरमा केही भयो कि भनेर एकदमै डर लाग्यो। त्यहाँ पुगेर फोन उठाउँदा एउटा भर्खरको केटाको आवाज थियो। मैले हिजो तपाईंको कार्यक्रममा गीत गाएको सुनिरहेको थिएँ। कति प्रयास गर्दा पनि भेट्न मिलेन। बिहानै तपाईं बस्नुभएको होटेलमा पुगें। तर, तपाई हिँडिसक्नुभएछ।

दरबारमार्गमा कार्यक्रम गरेपछि साथीहरूले तिमीलाई नाङ्लो रेस्टुरेन्टमा दीपेन्द्र सरकारले बोलाइराख्नु भन्नुभएको छ भने। मलाई किन बोलाउनुभएको होला भनेर डर लाग्यो। उहासँग भेट भएपछि म तपाईंको फ्यान हुँ, तपाईंको स्वर राम्रो लाग्छ भन्नुभयो। युवराज जस्तो व्यक्तिले त्यस्तो भन्दा खुसी र डर दुवै लागिरहेको थियो।

धेरै वटा पुलिस बुथमा फोन गरें। तर, तपाईंको गाडी गइसक्यो मात्र भने। अहिले बल्ल कुरा गर्न पाइयो, खुसी लाग्यो भन्यो। उसको कुरा सुनेर खुसी पनि लाग्यो रिस पनि उठ्यो। घरमा केही भयो कि भनेर डराएको थिएँ। फोन राखेर बसमा जाँदा तिम्रो त कस्तो कस्तो फ्यान रहेछन् भनेर सबै जना हाँस्नु भयो। अर्को एक जना फ्यान रेस्टुरेन्टमा गएर मेरो बर्थडेको दिन ≈याप्पी बर्थ डे देविका लेखेको केक काटेर त्यहाँ आउने सबैलाई बाँड्दो रहेछ। एकपटक वीरगन्जमा कार्यक्रममा गर्न जाँदा स्टेजमै आएर म तपाईंका फ्यान हँु भन्यो। पछि म काठमाडौं फर्केपछि पनि फोन नम्बर पत्ता लगाएर म तपाईसँग विवाह गर्न चाहन्छु भन्यो। म विवाहित भन्ने कुरा उसलाई थाहा रहेनछ। मैले म विवाहित हुँ भनें। पछि वीरगन्जको स्पिटलबाट फोन आयो। हस्पिटलबाट तपार्र्इंका कारण उहाँले हात काटेर सुसाइड गर्न लाग्नुभएछ, हामीलाई झन्डै बचाउनै गाह्रो भयो भन्नुभयो।

तपार्इंलाई तत्कालीन युवराज दीपेन्द्र शाहले भेटेर म तपाईंको फ्यान हुँ भन्नुभएको थियो रे। त्यो बेला कस्तो अनुभव गर्नुभयो ?
त्यस्तै २०४९ सालतिरको कुरा जस्तो लाग्छ। मैले दरबारमार्गको शालिकनजिकै ठँलो स्टेज बनाएर एक कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा हे मायालु बोलको पप गीत गाएकी थिएँ। त्यहाँ हरिस माथेमा, सञ्जय श्रेष्ठ, कुन्ती मोक्तान, सुक्मित गुरुङ दिदीहरू पनि सहभागी हुनुहुन्थ्यो। दरबारमार्गको नाग्लो रेस्टुरेन्टमा बसेर उहाँले मैले गीत गाएको हेरिरहनुभएको रहेछ। त्योभन्दा पहिले पनि शिलाबहादुर मोत्तान दाइहरूले दरबारमा गीत गाउन जाँदा लिएर जानुहुन्थ्यो। दरबारमार्गमा कार्यक्रम गरेपछि साथीहरूले तिमीलाई नाग्लो रेस्टुरेन्टमा दीपेन्द्र सरकारले बोलाई राख्नु भन्नुभएको छ भनें। मलाई किन बोलाउनुभएको होला भनेर डर लाग्यो। डराउँदै साथीहरूसँगै नाग्लोमा गए। उहाँसँग भेट भएपछि म तपाईंको फ्यान हुँ, तपाईंको स्वर राम्रो लाग्छ भन्नुभयो। युवराजले जस्तो व्यक्तिले त्यस्तो भन्दा खुसी र डर दुवै लागिरहेको थियो। पछि घरमा गएर सबैलाई शेयर गरें।

धेरै जनाले शब्द पठाउनुहुन्छ। तर, शब्द र संगीत मन नपरेका कारण धेरै गीत रिजेक्ट गरेको छु। कति जना भाइहरू त भन्न पनि डराउनुहुन्छ। डराई–डराई गीत गाउन अफर गर्नुहुन्छ। गाउँदिन भनेपछि कतिले फेरि ट्युनिङ गरेर पठाउनु पनि हुन्छ।


आफ्नो छोराछोरीलाई पनि यो क्षेत्रमा ल्याउने सोचमा हुनुहुन्छ ?
मेरो एक छोरा र एक छोरी छिन्। उनीहरू अहिले पढाइमै ध्यान दिइरहेका छन्। बाबुले गीत गाउन रहर गर्छ, गीतार पनि बजाउँछ। मलाई त गीत–संगीत मन पर्ने भएकाले उनीहरूले पनि यही क्षेत्र रोजुन् जस्तो लाग्छ। तर, पढाइ सकिएपछि उनीहरूले नै के गर्ने भन्ने कुरा सोच्नेछन्।

सांगीतिक क्षेत्रमा लागेर के पाएँ जस्तो लाग्छ ? केही गुमाएँ जस्तो अनुभव छ ?
मलाई संगीतले नै देविका वन्दना बनाएको हो। जहाँ छु संगीतकै कारण छु। यो क्षेत्रमा लागेर नाम दाम र सबैभन्दा ठलो कुरा दर्शकको माया पाएको छु। यस कारण संगीतमा लागेकोमा निकै खुसी छु। संगीतसँगै आफँलाई मन लागेको क्षेत्रमा पनि काम गरें। मैले १४ वर्षको उमेरमै ब्युटिपार्लरसम्बन्धी तालिम पँरा गरेको थिएँ। घर सजाउनेदेखि लिएर विभिन्न प्रकारका खाना बनाउने सोख छ। त्यो पनि मैले पँरा गरें। म ड्रेस डिजाइन पनि गर्छु। आफँले लाउने कतिपय ड्रेसहरू म आफंैले डिजाइन गरेको हँु।

हिजोआज धेरैअगाडि नै तीज गीत बनाउने चलन छ। तपाईंले तीज गीतको तयारी गर्नुभएको छ कि ?
मैले केही वर्षअघि विवाहपछिको पारिवारिक सद्भावसम्बन्धी तीज गीत ल्याएकी थिएँ। दर्शकले निकै मन पराउनुभयो। तर, त्यसपछि भने गाएको छैन। म तीज आएपछि वर्षेनी तीज गीतको तयारीमा जुट्ने गर्दिनँ। तीज मनाउँछु, तर समय नजुरेर हो कि तीजको तयारी छैन।
पछिल्लो समय तीज गीतको नाममा नाम चलेका कलाकारहरूले नै भड्किला गीत गाइरहनुभएको छ। यसमा के भन्न चाहनुहुन्छ ?
तीज भन्ने बित्तिकै नारीहरूको सुुख–दुःख एक–अर्कासँग बाँड्ने चाडका रूपमा बुझिन्छ। गीत गाउँदा पनि त्यस्तै प्रकारका भावना जोडेर मौलिकपन भएको गीत बनाउँदा राम्रो हुन्छ। भड्किलो शब्द र हाउभाउ प्रयोग गर्नु जरुरी छैन्। नाचगान र रमाइलो गर्नका लागि मौलिक र साधारण शब्द प्रयोग गरेका गीतहरू नै काफी छन्।


संगीतले नाम त दियो तर आर्थिकरूपमा पनि सन्तुष्ट हुनुहुन्छ ?
कमाइको हिसाबमा पनि म सन्तुष्ट छु। पहिले क्यासेट र सीडीको जमानामा पनि मेरो एल्बमको राम्रो थियो भने अहिले युट्युबको जमानामा पनि राम्रो भइरहेको छ। यसका साथै विभिन्न कार्यक्रम तथा एकल साँझ आदिबाट पनि राम्रो कमाइ हुन्छ। म समयअनुसार चल्ने मान्छे भएका कारण पनि सजिलो भएको होला। तर, म प्रायः स्टेज कार्यक्रममा ट्र्याकमा कमै मात्र गीत गाउँछु। कसैको सहयोगका लागि कुनै कार्यक्रमबाहेक अरूमा गीत गाएको छैन। किनभने मलाई ट्र्याकमा गीत गाउन मन लाग्दैन। काठमाडांै तथा बुटवलमा धेरै एकल साँझहरू गरेको छु, धेरै बाध्यवादकको साथ लाइभ म्युजिकमा गीत गाउनुको मज्जा नै अर्कै छ।

घर–परिवार र सांगीतिक यात्रालाई सँगै अगाडि बढाउन कत्तिको कठिन रहेछ ?
व्यवाहारिक कारण कहिलेकाहीं अप्ठेरो पर्ने गर्छ। तर, मेरो परिवार निकै बुझ्ने भएका करण त्यस्तो गाह्रो परेको छैन।

 

प्रस्तुतीः रश्मी थापा 

प्रतिक्रिया दिनुहोस्