नेपाल फेस्टिवल सोचेभन्दा राम्रो




दीपक कार्की
अध्यक्ष-गैरआवासीय नेपाली संघ नागोया जापान

जापानको नागोया शहरमा भर्खरै नेपाली फेस्टिवल सकिएको छ। यसै सन्दर्भमा रहेर गैरआवासीय नेपाली संघ नागोया जापानका अध्यक्ष दीपक कार्कीसँग हाम्रा जापान प्रतिनिधि राजबिन थापा ‘राम’ले गरेको कुराकानीको सम्पादित अंश:

नेपाल फेस्टिवल कत्तिको सफल रह्यो ?
फेस्टिवल सोचेभन्दा राम्रो भएको छ। यति राम्रो होला भन्ने हामीले सोचेको पनि थिएनौं। यसभन्दा पहिला अन्य ठाउँमा भएका भन्दा धेरै राम्रो भयो। नागोयामा पहिलोपटक पनि भयो र नागगोयावासी नेपाली हामीप्रतिको सहयोग र साथले गर्दा भव्य र सव्यरूपमा सफल भएको छ।
नेपाली फेस्टिवलले नागोयावासी जापानीलाई पनि केही असर पारे जस्तो लाग्छ ?
विशेष गरी हामीले जापानवासीलाई फोकस गरेका थियौं। यहाँ नगरपालिकाको गभर्नर आइचिकेनका खाइचो मेयर उपमेयरदेखि लिएर ओबुसिटीको मेयर त्यस्तै जाइवाको पदाधिकारी इन्टरनेसनल कोकुसाई सेन्टरको पदाधिकारीहरू विभिन्न विश्वविद्यालय प्राध्यापकहरूलाई विशेष निमन्त्रणा गरेका थियांै र सबैको उपस्थिति पनि थियो। साथै यहाँ जापानी मिडियाले पनि साथ दिएको हुनाले विशेष सफल भयो र हामी नेपालको वर्ष २०२० पर्यटक वर्षका लागि प्रचार पनि गरेका छौं।

जापान आइची प्रहरीसँग समन्वय गरेर जापानमा बढ्दो दुर्घटना, झै–झगडा, लुटपाट, चोरी, डकैती र नयाँ आउने विद्यार्थीका लागि जापानको नियमअनुसार जापानको रहनसहन वातावरणसम्बन्धी जानकारी गराएर
सहयोग गरेका छौं।

नेपाली फेस्टिवल गर्ने विचार कसरी आयो ?
यो विचार मैले अध्यक्ष हुनुअगावै यो जापानको दोस्रो ठँलो शहर नागोयामा गर्ने रहर थियो किनकि प्रत्येक वर्ष टोकियो र केही वर्ष फुकुवोकामा पनि गरिएको थियो। त्यसैले यहाँ नेपालीका लागि केही गरेर देखाउन र यहाँका जापानी नागरिकलाई पनि नेपालको प्रचारप्रसार गर्ने उद्देश्य थियो मेरो र सम्पँर्ण टिमको आँट आयो। यो कार्यक्रम गर्नलाई चार महिना लगाएर भित्री कार्य गरेर बल्ल बाहिर जनतामा ल्याइयो।

गैरआवासीय नेपाली संघ नागोयाले विगतमा नेपालीका लागि के–कस्तो काम गरेको छ ?
विशेष गरेर नागोया जस्ता ठँलो शहरमा गैरआवासीय नेपाली भन्ने मात्रै थियो तर यसलाई बृहत्रूपमा लागिएको थिएन। हुन त पहिलाका साथीहरूले पनि आफ्नोतर्फबाट पनि कामहरू गरिहनुभएको हो। तर, यसलाई संसारभर चिनाउने र नेपालीलाई मर्दापर्दाको समयमा हरेक बेला सहयोग गर्दै आएका छौं। मेरो कार्यकालमा मैले लगभग विद्यार्थी पारिवारिक भिसा र कुक भिसामा आउने साथीहरूदेखि जापानमा व्यवसाय गर्ने व्यवसायीहरूसमेत सबैलाई समेटेर सबैमा भएका समस्यालाई समाधान गर्ने सहयोग गर्ने र सल्लाह दिने काम तीव्ररूपमा अगाडि बढायौं र अहिले पनि निरन्तररूपमा लागिरहेका छौं।

तपार्इंहरूले कोषलाई कसरी जम्मा गर्ने र सहयोग गर्ने गर्नुभएको छ ?
योभन्दा पहिलो राष्ट्रियस्तरका विभिन्न कलाकार लिएर सांस्कृतिक कार्यक्रमहरू ग¥यौं त्यस्तै नेपालीबीच नृत्य प्रतियोगिता ग¥यौं र लगानी प्रवद्र्धन गर्ने कार्यक्रम गरेर कोषमा जम्मा गरेका छौं। यहाँका स्थानीय व्यवसायीबाट आर्थिक सहयोग माग्यौं र हामीले प्रतिबद्धता गरेका केही कुरा त्यो पनि हामीले पँरा गरेका छौं।

एनआरएन नागोया जापानबाट नेपालीले कस्तो सहयोग पाइरहेका छन् ?
जापान आइची प्रहरीसँग समन्वय गरेर जापानमा बढ्दो दुर्घटना, झै–झगडा, लुटपाट, चोरी, डकैती र नयाँ आउने विद्यार्थीका लागि जापानको नियमअनुसार जापानको रहनसहन वातावरणसम्बन्धी जानकारी गराई सहयोग गरेका छौं। एनआरएन क्षेत्रका रूपमा मैले प्रतिनिधित्व गरेर पहिलोपटक जापानी भाषामा लेखिएको किताबलाई नेपाली भाषामा अनुवाद गरेर जापानको सबै अञ्चलहरूमा वितरण गर्ने कार्य जारी रहेको छ। यो पुस्तकको नाम चाहिँ (एनआरएन जापानी क्षेत्रीय कमिटी रहेको छ)।

यसरी नेपाली अनुवाद गरिएको पुस्तक नागोया जापानका प्रत्येक अञ्चलमा हाम्रै नामबाट वितरण हुँदै छ र पुराना विद्यार्थीलाई निःशुल्क छात्रावासको व्यवस्थासहित भिसा समस्याको समाधान पनि गरेका छौं। त्यस्तै टीबी, ब्रेनट्युमर, एपेनडाइटिसदेखि लिएर सुत्केरी महिलाका लागि पनि हामीले सहयोग गरेका छौं। अर्को महŒवपँर्ण कुरा कतिपय बिमारी जापानका अस्पतालमा गएर आफ्नो रोगका बारेमा खुलस्तरूपमा बताउन नसक्दा धेरै दुःख पाइरहेका छन्। यँएनएचीसीआ भन्ने संस्थासँग मिलेर नेपाली भाषामा ३० हजार ३० पुस्तक छापेर वितरण गरेका छौं। यहाँ विभिन्न घटनाबाट अथवा कालगतिले मृत्युवरण गर्ने नेपालीलाई नेपाल पठाउने काम पनि हाम्रो क्षेत्रले गरेको छ।

अब आउने दिनहरूमा के–कस्ता खालका कार्यक्रम गर्दै हुनुहुन्छ ?
नागोयामा नेपाली जनसंख्या बढ्दै गएको हुनाले समस्या पनि बढ्दै जाने हुन्छ त्यसका लागि स्वास्थ्यसम्बन्धी जापानको ‘नेपाल जापान आदन–प्रदान’ कार्यक्रम गर्ने। नागोयमा बुद्धको मँर्ति बनाउने काम पनि अगाडि बढाउँदै छौं। अबदेखि प्रत्येक वर्ष नागोयामै बुद्धजयन्ती मनाउने र बुद्धको प्रचार–प्रसार व्यापकरूपमा गर्ने उद्देश्य लिइएको छ भने हिन्दँका लागि पनि एउटा मन्दिर बनाएर नेपाली हिन्दँको चाड पर्व पनि मनाउने तयारी गरिरहेका छौं।

कार्यक्रमहरू गर्नुभयो आय–व्यय कहिले र कसरी देखाउनुहुन्छ ?
अहिले भर्खरै सम्पन्न नेपाल फेस्टिवलको कार्यक्रमको आय–व्यय अब आउने हप्तामा सार्वजनिक गर्नेछौं र यो कार्यक्रमबाट केही रकम वचत भएको आँकलन मैले गरेको छु।

 

 

प्रतिक्रिया दिनुहोस्