धूमपानभन्दा मोटोपना बढी खतरनाक



लन्डन,(एजेन्सी)
अहिले वेलायतमा चार किसिमका सामान्य क्यान्सर धुमपान भन्दा मोटोपनाको कारण लाग्ने गरेको एउटा दातृ संस्थाले जनाएको छ । वेलायतको क्यान्स ररिसर्च नामक सो संस्थाले ठूलो आन्द«ा , मृगौला , पाठेघर र कलेजोको क्यान्सर चुरोट पिउनाले भन्दा अधिक वजनको कारणले हुने संभावना बढि रहेको दावी गरेको छ ।

यस संस्थाले लाखौं मानिस मोटोपनाको कारणमा क्यान्सरको जोखिममा परेको तथा धुमपानकर्ताको तुलनामा अधिक वजन भएकाहरुको संख्या दोब्बर हुन थालेको दावी पनि गरेको छ । पछिल्लो स्वास्थ सम्बन्धी तथ्यांक अनुसार वर्षेनी ५४ हजार ३ सय जनालाई धुमपान र २२ हजार ८ सय जनालाइृ अधिक वजनका कारणले क्यान्सर लाग्ेने गरेको भेटिएपनि आन्द«ा , मृगौला , कलेजो र पाठेघर क्यान्सरको कारणमा भने अत्यधिक जवजनले धुमपानलाई उछिनेको छ ।

आन्द«ा क्यान्सरको नयाँ घटनामा वजनको कारणले ४ हजार ८ सय र धुमपानका ेकारण २ हजार ९ सय जनालाई क्यान्सर भएको पाइएको छ । मृगौलाको सवालमा वजन र धुमपानका कारण क्रमशः २ हजार ९ सय र १ हजार २ सय जनालाई क्यान्सर भएके पाइएको छ । कलेजोको सवालमा भने क्रमशः १ हजार ३ सय र १ हजार २ सय जनालाई वजन र धुमपानको कारण क्यान्सर भएका छन् । त्यसैगरी पाठेघरको सवालमा भने क्रमशः ४ सय ९० र २५ जनालाई वजन र धुमपानको कारण क्यान्सर भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्