टाटु पार्लरबाट रोग संक्रमणको खतरा



लन्डन,(एजेनसी)
वेलायतका सार्वजनिक स्वास्थ विशेषज्ञहरुले टाटु खोपाउने र मुन्द«ा छेड्ने पसलहरुबाट मानिसहरुमा रोग संक्रमण हुने खतरा बढेको तथा यस्ता कार्यमा संलग्न व्यक्ति एवं व्यवशायीहरुलाई कानुनले बाध्नुपर्ने बताएका छन् । अहिले वेलायतमा बिना कुन ैतालिम तथा व्यवस्थित प्रक्रिया बिना नै यस्ता पार्लहरु खोलने प्रावधान रहेको जनस्वास्थका लागि शाहि समाजले जनाएको छ ।


अहिले पााचजना वयष्क मध्ये एकजनाले टाटु खोपाउने गरेको र जनस्वास्थ रक्षाका लागि यस विषयमा धेरै काम अघि बढाइनुपर्ने बताइएको छ । चिकित्सकीय निर्देशक प्राध्यापक स्टेफन पोविसले गम्भीर रुपमा संक्रमण नियन्त्रण नगर्ने टाटु पार्लरहरु माथि कडाई नीत अपनाइनु पर्ने बताएका छन् । शाही समाजको प्रतिवेदनमा केहि वर्ष यता टाटु खोपाउने , कस्मेटिक छेड्न , एक्युपन्चर र इलेक्ट्रोलाइसिस जस्ता शारिरीक सौन्दर्य बढाउने जस्ता फेसनको लोकप्रियतामा वृद्धि हुँदै गइरहेको उललेख गरिएको छ ।


छालामा टाटु खोपाउँदा वा छाला छेड्दा राम्रा प्राविधिकबाट सुराक्षको उपाय नअपनाइँदा शरिरमा ब्याक्टेरिया र अन्य किटाणु प्रवेश गर्ने र संक्रमण हुने खतरा रहेको बताइएको छ । सो प्रतिवेदनमा कानमा छेडाउँदा संक्रमण भएका ेकारण एकजना किशोरले कसरी कानको माथिल्लो भाग न ैगुमाउनु परेको भन्ने एउटा उदाहरण पनि पेश गरिएको छ ।


स्वास्थ विशेषज्ञहरुले फोहर सियोका कारण ग्राहकहरुमा हेपाटाइसिस , ट्युवरक्युलोसिस , भिरिंगी र एचआइभी जस्ता रोग सर्न सक्ने बताएका छन् । यस्ता कार्यमा संलग्न ९ सय ग्राहकमाथि गरिएको सर्भेक्षणमा करिव १८ प्रतिशतले शरिरमा टाटु खोपाएपछि र छेडाएपछि पोल्ने वा सुन्निने जस्ता एलर्जीका समस्याहरु भोग्नु परेको बताएका छन् ।


त्यसैगरी २ प्रतिशतले छालामा संक्रमण भएको तथा दसजना मध्ये १ जनाले साइड इफेक्टको कारण स्वास्थ उपचार गराउनु परेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्