कडा खालका गाँजाका कारण बढ्दो मानसिक समस्या



लन्डन,(एजेन्सी)
कडा खालका गाजा सेवनको कारण गम्भीर मानसिक रोगहरु देखा पर्ने अनुसन्धानकर्ताहरुले बताएका छन्। युरोपेली शहरहरुमा गरिएका अनुसन्धानबाट तिनीहरुले मानसिक समस्याका दसवटा नयाँ घटना मध्ये एउटा यस्तो गाँजासंग सम्बन्धित रहेको दावी गरेका छन् ।

दि लान्सेट साइक्यट्रिमा तिनीहरुले भनेका छन् ,‘ लन्डन र आम्सर्टडम्समा बिक्रि हुने गाजा निकै कडा हुने भएकाले ति स्थानमा यसको खतरा अझै बढि रहेको छ । ’ विशेषज्ञहरुका अनुसार दैनिक रपमा गाजा सेवन गर्नेहरुमा पनि मानसिक समस्याहरु देखिने गरेका छन् ।

तिनीहरुले मानिसहरुले यसको संभावित खतराबाट जोगिन सतर्क हुनुपर्ने सुझाव दिएका छन् । यद्यपि यस अध्यनले गाजाबाट हुने हानीको प्रमाणहरु पेश गरेको छैन। प्रमुख अनुसनधानकर्ता तथा मनोचिकित्सक डाक्टर मार्टा डि फोर्टी भन्छिन् , ‘ यदि तपाईंहरु कडा खालका गाजा प्रयोग गर्नुहुन्छ भने यसको संभावित खतराबारे पनि सोच्नुहोस् ।

वेलायतको राजधानी लन्डन स्थित रोयल कलेज अफ साइक्याट्रिस्टका डाक्टर एड्रियन जेम्सले यो अध्ययन निकै मनासिव भएको र यसका परिणामहरुलाई गम्भीरतापुर्वक लिइनुपर्ने बताएका छन् । गाजा सेवनको कारण मानिसहरुलाई वास्तविकता भुल्ने , विभिन्न आवाज सुने जस्तो , यथार्थतामा नरहेका वस्तुहरु देखेजस्तो र विचार अलमलिने जस्ता भ्रमहरु हुने बताइएको छ ।

डाक्टरहरुले कडा खालका गाजामा टिएचसि नामक तत्व हुने र त्यसले बढि मात द्धढाउने गरेको बताउँछन् । अचेल लन्डनका गल्लीहरुमा बिक्रि हुने ९४ प्रतिशत गाजामा १४ प्रतिशत टिएचसि रहने गरेको विशेषज्ञहरुको दावी रहेको छ ।

एड ग्रिडली नामक पुरुषले अहिले मानसिक समस्याको कारण तिन प्रकारका औषधि लिइरहेका छन् । गाजाकै कारण दिग्भ्रमित हुने मानसिक रोग स्किजोफ्रनियाको शिकार भएका उनले आत्महत्याको समेत प्रयास गरेका थिए । गाजा सेवनकै कारण आफुलाई यस्तो समस्या आएको कुरामा विश्वस्त भएका उनले अहिले यो दुव्र्यसन छोडिसकेका छन् ।

किंग्स कलेजका अनुसन्धानकर्ताहरुले लन्डन र ब्राजिलका केहि भाग लगायत युरोपेली संघका एघारवटा शहरमा गाजा प्रयोग सम्बन्धमा हध्ययन गरेका थिए । तिनीहरुले मानसिक समस्या देखा परेका ९ सय १ जना र अन्य सामान्य स्थितीका १ हजार ३ सय ३७ जना माथि तुलनात्मक अध्ययन गरेका थिए ।

यदि बजारबाट कडा खालका गाजा हटाउने हो भने प्रत्येक वर्ष लन्डनमा एक लाख व्यक्तिमा हुने मानसिक समस्या ४५ दशमलव ७ बाट ३१ दशमलव ९ प्रतिशतमा झार्न सकिने बैज्ञानिकहरुको दावी रहेको छ । तर गाजा सेवन अझै विवादास्पद रहेपनि अमेरिकाका विभिन्न राज्य लगायत विश्वका थुपै्र मुलुकमा यसलाई वैधानिकता दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्