शनिबार नै तर्सायो त्यसका बाजे



अगुल्टाले हानेको कुकुर बिजुली चम्कदा तर्सन्छ भने जस्तै नेपालीहरुपनि शनिबार आएपछि सधैं झस्कने गरेका छन । २०७२ बैशाख १२ ले तर्साएको नेपालीलाई २०७६ असार २१ गते शनिबार ठुलै झड्का दिएपछि काठमाडौ वरपरका बासिन्दाहरु डरले थरथर भएका थिए ।

हैन यो भूकम्पलाई पनि किन शनिबार नै आउनु प¥या हो । बिदाको दिनलाई बिथोल्न पल्केको भूकम्प अरुवार आएपनि हुने नि ? धरहराको फेदीमा जम्मा भएका दुई युवाले गरेको कुराकानीले धरहराको पनि मन छोयो । त्यो बदमास भूकम्पले आफ्को कद छोटो बनाउन बाध्य भएको धरहरालाई भूकम्प भनेपनि नाम सुन्न पनि मन छैन । राजधानीको शानको रुपमा ठडिन पाएको गर्व गरेको धरहरा अहिले भने कुरुप भएर बस्नु परेको छ ।

मान्छे मान्छेले त भूकम्पको बारेमा तथानाम भन्न पाएका छन तर धरहराले आफ्नो पीडा भने कसैलाई पनि सुनाउन पाएको छैन । प्रिय भूकम्प अव जुनी जुनीकालागि नआउ है भन्दै छ धरहरा

प्रतिक्रिया दिनुहोस्