डबल ब्याटमिन्टनमा कमल र राम प्रथम



ललितपुर ।
श्री बालकुमारी श्रृजना क्लबले आयोजना गरेको प्रथम डबल ब्याटमिन्टन प्रतियोगितामा कमल थापा र राम केसी प्रथम भएका छन् । त्यस्तै रामकृष्ण डंगोल र भीम थापाको जोडीले द्धितिय स्थान हासिल गरेका छन् । तृतिय स्थान हासिल गर्नेहरुमा चन्द्रश्याम डंगोल र उत्तम सत्याल र राम मादेन र मिलन गुरुङ रहेका छन् ।

यही असार १६ गतेदेखि आयोजित कार्यक्रमको आज शनिवार फाइनल खेलसंग समापन गरिएको थियो । भञ्ज्याङ स्थित साउनेकुवा पार्कमा आयोजित कार्यक्रममा २१ टिमको सहभागिता रहेको थियो ।

प्रथम हुने टिमलाई ललितपुर महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष पुरुषोत्तम खड्का, द्धितिय हुने टीमलाई वडा सदस्य रेश्मा थापा र तृतिय हुने टीमलाई वडा सदस्य गोपाल डंगोलले शिल्ड, मेडल र प्रमाणपत्र र नगद प्रदान गरिएको थियो ।

ललितपुर महानगरपालिका–१८ वडा कार्यालयको सहयोगमा सम्पन्न प्रतियोगितामा बोल्दै अध्यक्ष खड्काले स्थानीयवासीलाई खेलकुदप्रति रुची जगाउन खेलकुद प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने आश्वासन समेत दिनुभयो । कार्यक्रममा क्लबका अध्यक्ष शालिकराम कुवँरले सामाजिक उत्तरदायीत्व अन्तर्गत संचालन गरिएको ब्याडमिन्टन प्रतियोगिताले खेलाडीको मनोवल बढेको र आगामी वर्ष निरन्तर रुपमा प्रतियोगिता आयोजना गर्दै जाने बताउनुभयो ।

महाानगरको १८ र २५ वडाका खेलाडीहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टीमले १० हजार, द्धितियले ७ हजार र तृतियले ५ हजार प्राप्त गरेका थिए । कार्यक्रमको संयोजक एवं क्लबका उपाध्यक्ष वीरेन्द्र थापाले पहिलो पट आयोजना गरिएको कार्यक्रमले खेलाडीहरुको उत्साह बढेको बताउनुभयो । क्लबका महासचिव किशोर कुवँरले क्लबको बारेमा जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्