नेदरल्याण्डका फुटबलर अर्जेन रोबेनद्वारा सन्यासको घोषणा



काठमाडौं । नेदरल्याण्डका फुटबल स्टार अर्जेन रोबेनले सन्यासको घोषणा गरेका छन् ।

उनले आफ्नो अन्तिम म्याच जर्मनीको वायर्न म्युनिखका लागि खेल्दै यस्तो घोषणा गरेका हुन् । यद्यपि यही जुनमा उनको सम्झौता समाप्त भएको छ । ३५ वर्षीय रोबेनले भनेका छन्, सबैलाई थाहा छ कि म वायर्न म्युनिखबाट अलग भएर आफ्नो भविष्यको बारेमा सोचिरहेको थिएँ । अब मैले आफ्नो व्यासायीक करिअर समाप्त गर्ने निर्णय लिएको छु ।’

रोबेन सन् २००० मा १६ सालको उमेरदेखि फुटबल करियर सुरु गरेका थिए । सन् २००४ मा चेल्सीमा सामेल भएका उनी सन् २००९ मा बायर्न म्युनिखले उनलाई किन्यो र सोही वर्ष रोबिनको टिमले बुन्डेसलिगाको उपाधि जित्यो ।

सन् २०१३ मा च्याम्पियन्स लिगमा उनले बायर्नलाई चेल्सीविरुद्ध जिताएर बुन्डेसलीगाको उपाधि दिलाए । आफ्नो देश नेदरल्याण्डका लागि पनि उनले ९६ खेल खेलेका छन् । सन् २०१० मा फिफा वर्ल्ड कपमा नेदरल्याण्ड उपविजेता हुँदा रोबेन पनि टिममा थिए । त्यो वर्ष स्पेन च्याम्पियन बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्