छनोट गर्ने विषय



विज्ञान
डाक्टर, इन्जिनियर, पाइलट बन्ने इच्छा कसलाई हुँदैन र ? विज्ञान विषय पढेर भविष्यमा होनहार व्यक्ति बन्छु भन्ने विद्यार्थीले विज्ञान विषय पढ्ने गरेका छन्। विज्ञानको अध्ययनले चारैतिरको अवसर पाइन्छ। कृषि, वन विज्ञानजस्ता विषय पढ्न चाहने विद्यार्थीले कक्षा ११ मा विज्ञान विषय नै पढ्नुपर्छ। स्वदेशमा भन्दा विदेशमा बढी सम्भावना भएकै कारण विद्यार्थीहरू डाक्टर, इन्जिनियर, पाइलट बन्ने लोभमा विज्ञान विषय पढ्न चाहन्छन्। विज्ञान विषय पढ््ने विद्यार्थीले सजिलै रोजगारको अवसर पाउने भएकोले पछिल्लो समयमा सो विषयप्रति आकर्षण बढ्न थालेको छ।

व्यवस्थापन

हरेक तहमा उचित व्यवस्थापन अभावमा कतिपय काम लथालिङ्ग भएका हुन्छन्। व्यवस्थापकीय कमजोरीको कारणले गर्दा उद्योगधन्दा धरासायी बन्दै गएका छन्। व्यवस्थापन विषयको अध्ययनविना कुशल व्यवस्थापक हुन सम्भव छैन।त्यसैले त अहिले व्यवस्थापन पढ्ने विद्यार्थीको संख्या बढ्न थालेको छ। परिषद्ले सञ्चालन गरेको विषयमध्ये शिक्षापछि सबैभन्दा बढी विद्यार्थीको चाप व्यवस्थापन संकायमा हुन थालेको छ। र एसएलसीपछि अधिकांश विद्यार्थी व्यवस्थापन विषय पढ्न रुचि राख्छन्। बैंक, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, प्रशासकलगायत क्षेत्रमा उत्कृष्ट अवसर पाउने आशमा विद्यार्थीले व्यवस्थापन विषय पढ्न थालेका छन्। सैद्धान्तिक र व्यावहारिक दुवै विषयको मिश्रण भएकै कारण अधिकांश उमावि र कलेज प्रायः सबै सरकारी र निजी उमाविले व्यवस्थापन विषय अध्ययन गराउने गरेका छन्। व्यवस्थापनअन्तर्गत अर्थशास्त्र, एकाउन्टेन्सी, होटल म्यानेजमेन्ट, कम्प्युटर गणित, फाइनान्सको कोअपरेटिभ म्यानेजमेन्ट र ग्रामीण विकास, बुम र ओएमएसपी हटाएर बिजिनेस म्यानेजमेन्ट समावेश गरी पाठ्यक्रम तयार गरेको छ।

मानविकी

मानविकी संकाय तुलनात्मक रूपमा व्यावहारिक र ज्ञानवद्र्धक हुन्छ। दर्शनशास्त्र, अर्थशास्त्र, राजनीतिशास्त्र, कला, साहित्यजस्ता दर्जनौं विषयको अध्ययन गर्न सकिने मानविकी झण्डै चार दर्जन विषय रहेका छन्। गृहविज्ञान, समाजशास्त्र, आमसञ्चार, इतिहास, धर्म संस्कृति, भूगोल, वातावरणलगायत विषय समावेश गरिएको मानविकीअन्तर्गत अंग्रेजी, फ्रेन्च, उर्दू, जर्मन, जापानिज, हिन्दीजस्ता विषयसमेत समावेश गरिएको छ।

शिक्षा

विशेष गरी शिक्षण पेसासँग सम्बन्धित शिक्षाअन्तर्गत इच्छाधीन र अनिवार्य गरी १ हजार पूर्णाड्ढ परीक्षा दिनुपर्छ। इच्छाधीन ४५ वटा विषयमध्ये ७ र अंग्रेजी, नेपाली इच्छाधीनमध्ये एक विषय छनोट गर्नुपर्छ। विज्ञान तहमा पढ्ने विद्यार्थीले कक्षा ११ मा फिजिक्स, केमेस्ट्री, बायोलोजी र म्याथम्याटिक्स विषय अनिवार्य पढ्नै पर्छ। विशेषतः प्राविधिक र प्रयोगात्मक विषय भएकोले नै विज्ञान तहमा पढ्ने विद्यार्थीले स्वदेश र विदेशमा राम्रो अवसर पाउछन्। यी त भए विद्यार्थीले पढ्ने विषयहरू तर कुन विषयमा कतिको डिमान्ड छ भन्ने कुरा विद्यार्थी स्वंयले मूल्याङ्कन गर्नुपर्छ।

छनौट गर्ने समूह र विषय

कक्षा ११ मा अध्ययन गर्नेहरूले समूह ‘क’ देखि ‘च’ सम्मका ६ वटा ऐच्छिक समूहमध्ये कुनै तीन समूहबाट एक एक विषय गरी तीन विषय छनोट गर्नुपर्नेछ। तर भौतिकशास्त्र, रसायनशास्त्रसहित जीवविज्ञान र गणित अथवा कम्प्युटर विज्ञान र गणित अथवा कृषि र जीवविज्ञान विषय छनोट गर्ने विद्यार्थीहरूले मात्र चार समूहबाट एक एक विषय लिनुपर्ने हुन्छ।

समूह ‘क’

भौतिकशास्त्र, शिक्षा परिचय, इन्स्ट्रक्सनल पेडागोजी,राजनीति शास्त्र,गृह विज्ञान होटेल व्यवस्थापन,समाज शास्त्र, साधारण कानुन र चित्रकला

समूह ‘ख’
रसायन शास्त्र, अर्थ शास्त्र, जनसङ्ख्या शिक्षा, आमसञ्चार, दर्शन शास्त्र,जीवविज्ञान शिक्षा, पुस्तकाल तथा सूचना विज्ञान, वातावरण शिक्षा,व्याकरण, खेल विज्ञान
समूह ‘ग’
जीव विज्ञान, शिक्षण गणित, शिक्षण नेपाली, शिक्षण अङ्ग्रेजी, नृत्य, इतिहास, संस्कृति, ट्राभल एण्ड टुरिज्म, इलिमेन्ट अफ फाइनान्स, ज्योतिष, नेपालको कानुनी व्यवस्था
समूह ‘घ’
गणित,स्वास्थ्य तथा शारीरिक शिक्षा,मनोविज्ञान,सङ्गीत, लिङ्गुइष्टिक, सहकारी व्यवस्थापन, साहित्य, वाणिज्य शास्त्र, व्यावसायिक फलफूल उत्पादन, व्यावसायिक बाख्रापालन, कानुनको साधारण सिद्धान्त
समूह ‘ङ’
भूगोल, कम्प्युटर विज्ञान, नेपाली, मैथिली, हिन्दी, नेवारी, भौतिक शिक्षा, ग्रामीण विकास, न्याय, मूर्तिकला, परम्परागत सङ्गीत, खाद्य उत्पादन तथा खाद्य सुरक्षा, पशुपालनसम्बन्धी परिचय, कम्प्युटर हार्डवेयर तथा आर्टिटेक्चर, जियोटेक्निकल इन्जिनियरिङ्, इलेक्ट्रिकल इस्टालेसन अफ कमर्सियल एण्ड इन्डस्ट्रियल बिल्डिङ्
समूह ‘च’
अङ्ग्रेजी, लेखा,कृषि, फ्रेन्च, जापानी, उर्दू, जर्मन, मानव मूल्य शिक्षा, वेद, नीतिशास्त्र एप्लाइड आर्ट्स, तबला, कृषि विस्तार तथा बजारीकरणमा सहभागिता, कुखुरा पालन व्यवसाय, कम्प्युटर प्रोग्रामिङ्, सडक निर्माण सामग्री तथा परीक्षण,कन्ट्रोल एण्ड प्रोटेक्सन अफ इन्डस्ट्रियल पावर सप्लाइ सिस्टम, संवैधानिक कानुन तथा नेपालीकानुन

कुन विषयमा कति जीपीए

समूह १
विज्ञान समूहका विषयहरू
फिजिक्स, केमेस्ट्रि, बायोलोजी, म्याथ वा कम्प्युटर साइन्स एग्रिकल्चर लागि कक्षा ११ मा भर्ना पाउन कम्तिमा जीपीए २ ल्याउनुपर्ने, साइन्स र म्याथमा सी प्लस ल्याउनुपर्छ, अंगे्रजीमा नेपाली र सोसल स्टडिजमा र नेपालीमा डी प्लस ल्याउनुपर्छ।

समूह २
भोकेसनल समूहका विषयहरू
एनिमल साइन्स, प्लान्ट साइन्स, इलेक्टिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ तथा कम्प्युटर इन्जिनियरिङका लागि न्युनतम् जीपीए १ दशमलब ६ जीपीए हुनैपर्छ। अंग्रेजी, नेपाली, म्याथम्याटिक्स, साइन्स र सोसल स्टडिजमा डी प्लस ल्याउनुपर्छ।

समूह ३
म्याथम्याटिक्स, एकाउन्टेन्सी, जोग्राफी इकोनोमिक्स, कम्प्युटर साइन्स, टिचिङ म्याथम्याटिक्स, साइकोलोजिका, इलिमेन्ट अफ फाइनान्स÷ज्योतिस, कोअपरेटिभ म्यानेजमेन्ट, बिजनेस स्टडिज, बिजनेस म्याथम्याटिक्सका लागि न्युनम जीपीए १ दशमलब ६ ल्याउनुपर्छ। ती विषयका लागि अंग्रेजी, नेपाली, म्याथम्याटिक्स, साइन्स र सोसल साइन्समा डी प्लस ल्याउनुपर्छ।

समूह ४
फिजिक्स एजुकेसन, केमेस्ट्रि एजुकेसन, बायोलोजि एजजुकेसन, टिचिङ साइन्समा न्यूनतम् १ दशमलब ६ जिपिए ल्याउनुपर्छ। एसईईमा इंलिस, नेपाली, म्याथम्याटिक्स र साइन्स र सोसल साइन्समा न्यूनतम् डी प्लस ल्याउनुपर्छ।

समूह ५

इंलिस, अल्टरनेटिभ इंलिस, टिचिङ इंलिस र लिंगुस्टिक पढ्नका लागि न्यूनतम् जीपीए १ दशमलब ६ ल्याउनुपर्छ। एसईई इंलिस, नेपाली र सोसल स्टडिजमा मा न्यूनतम् डी प्लस ल्याउनुपर्छ।

समूह ६

मास कम्युनिकेसन, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिजम अध्ययका लागि न्यूनतम् जीपीए १ दशमलब ६ ल्याउनुपर्छ। एसईईमा इंलिस, नेपाली, म्याथम्याटिक्स र सोसलमा न्यूनतम् डी प्लस ल्याउनुपर्छ।

समूह ७

नेपाली, टिचिङ नेपालीका लागि न्यूनतम् जीपीए १ दशमलब ६ ल्याउनुपर्छ। एसईई मा इंलिस, नेपाली, संस्कृत र सोसल स्टडिजमा न्यूनतम् डी प्लस ल्याउनुपर्छ।

समूह ८
पेलिटिकल साइन्स, हिस्ट्री, कल्चर, होम साइन्स, सोसियोलोजी, साइकोलोजी, लाइब्रेरी एन्ड इन्फरमेसन साइन्स र रुलर डेभलपमेन्टको अध्ययनका लागि न्यूनतम् जीपीए १ दशमलब ६ जीपीए ल्याउनुपर्छ। यी विषय अध्ययनका लागि सोसल स्टडिज नेपाली र इंलिसमा न्यूनतम् डी प्लस ल्याउनुपर्छ।

समूह ९
इन्ट्रोडक्सन टु एजुकेसन, इन्ट्रोडक्सन टु पेडागोजी, हेल्थ एण्ड फिजिकल एजुकेसन, पपुलेसन स्टडिज, इन्भाइरोमेन्ट एजुकेसन अध्ययनका लागि न्यूनतम् १ दशमबल ६ चाहिन्छ। एसईईमा नेपाली, इंलिस, साइन्स, हेल्थ पपुलेसन, इन्भाइरोमेन्ट एजुकेसनमा न्यूनतम् डी प्लस ल्याउनुपर्छ।

समूह १०
संस्कृत व्याकरण, साहित्य, न्याय, वेद, नीतिशास्त्र, बौद्ध एजुकेसन र ल अध्ययनका लागि न्यूनतम् जीपीए १ दशमलब ६ जीपीए ल्याउनुपर्छ। इंलिस, नेपाली, संस्कृत र सोसल स्टडिजमा न्यूनतम् डी प्लस ल्याउनुपर्छ।

समूह ११
मास कम्युनिकेसन, ≈युमेन भ्यालु एजुकेसन र ल विषय अध्ययन गर्न १ दशमलब ६ जीपीए ल्याउनुपर्छ। त्यसका लागि इंलिस, नेपाली र सोसल स्टडिजमा डी प्लस ल्याउनुपर्छ।

समूह १२
मैथिली, हिन्दी, नेवारी, फ्रेन्च, जापनिज, उर्दु, जर्मन, चाइनिज र अरू भाषा अध्ययनका लागि न्यूनतम जीपीए १ दशमलब ६ जीपीए ल्याउनुपर्छ। त्यसका लागि इंलिसमा न्यूनतम् डी प्लस ल्याउनुपर्छ।

समूह १३
डान्स, म्युजिक, स्कप्ल्चर, पेन्टिङ, एप्लाइड आर्ट, स्पोर्टस र अरू भाषाका विषयमा विषयमा न्यूनतम् जीपीए १ दशमलब ६ जीपीए र इंलिसमा न्यूनतम् डी प्लस ल्याउनुपर्छ।

प्रतिक्रिया दिनुहोस्