बजारमा लाग्यो असार



डिएआर मुभिजले नेपाली मौलिकपन झल्कने लोक गीत लाग्यो असार म्युजिक भिडियोसहित दर्शक तथा स्रोता माझ ल्याएको छ।

गाउँघरमा लोप हुन लागेको असारे भाका र संस्कृतिलाई जर्गेना गर्ने उद्धेश्यले सोही अनुरुप असारे भाका सहित लोक गीत ल्याउने प्रयास गरेको मुभिजले जनाएको छ।

गितमा ९ जना लोक गायक गायिकाले स्वर दिएका छन्। यसमा लोक गायकहरु नवराज घोरासाईने, उद्धब कार्कि, प्रभावन जे, शरण हुमागाई, विवेक चौलागाई, जीवन वडु तथा गायिकाहरु पार्वती कार्की, सपना कुँवर र मिङमा लामाले स्वर दिएका छन्। गीतमा शब्द तथा संगीत संयोजन प्रभावन जेको रहकेो छ।

प्रतिक्रिया दिनुहोस्