कमेडी च्याम्पियन आउँदै



हासेर रमउन चाहने टेलिभिजन दर्शकका लागि अर्को खुशीको खबर। आगामी गाईजात्रा पर्वको छेको पारेर आगामी भाद्रबाट कान्तिपुर टेलिभिजनबाट स्ट्यान्डप कमेडी शो कमेडी च्याम्पियन प्रशारण हुने भएको छ। प्रतियोगितामुलक यो कमेडी रियालिटी शोलाई ३ प्रोडक्सनले निर्माण गर्न लागेको हो। कार्यक्रमका निर्देशक बिशाल भण्डारीले बिहिबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा यसको लागि अडिसनको तयारीमा रहेको जानकारी गराए।

उनका अनुसार शोमा हास्यब्यँग्य अभिनेता सन्तोष पन्त, मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र फिल्म निर्देशक प्रदीप भट्टराई निर्णायक रहने छन्।

भण्डारीले यो कुनै बिदेशी हास्य कार्यक्रमको फ्रेन्चाईज नभएको प्रष्ट पार्दै भने, ‘यसमा भाग लिन गुगल प्लेस्टोरमा गएर कमेडी च्यम्पियनको एप्स मोवाईलमा डाउनलोड गरी नेपालबाट सम्पादन नगरिएको ३ मिनटको स्ट्यान्डप कमेडी भिडियो र बिदेशबाट ५ मिनटको सम्पादन नगरिएको भिडियो आयोजक पठाउनु पर्नेछ। भिडियो हेरेर निर्णयकले चयन गरेको आधारमा उत्कृष्ट भएकाले विभिन्न शहरमा कमेडी च्यम्पियनसिपको अडिसनमा सहभागी हुन पाउने छन्।’

अडिसनबाट चयन भएकामध्ये उत्कृष्ट २५ बाट उत्कृष्ट १५ हुँदै उत्कृष्ट ३ लाई फाईनलमा उतार्ने पनि उनले बताए। उत्कृष्ट तीनबाट दर्शकको भोट र निर्णायकको निर्णयको आधारमा एक जनालाई उत्कृष्ट कमेडी च्यम्पिएन घोषणा गरिने छ। उपाधि बिजेताले २५ लाख रुपैयाँ बराबारको कार र २५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। कार्यक्रम अभिनेत्री रिमा विश्वकर्माले सञ्चालन गर्ने्छिन्।

सान थापाले लेख्ने यो शो अभिनेत्री केकी अधिकारीसहित राज घिमिरे र सृजा थपलियाले निर्माण गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्