प्रेम गीतको लागि अमेरिकाबाट छानिइन् कृष्टिना



लोकप्रिय सिक्वेल फिल्म प्रेम गीत ३ का लागि कलाकारको चयन कार्य पूरा भएको छ। प्रेम गीत र प्रेम गीत २ को सफलतापछि निर्माण हुन लागेको फिल्म प्रेम गीत ३ का लागि अमेरिकावासी कृस्टिना गुरुङ चयन भएकी छिन्। फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेनका अनुसार अभिनेत्री चयनको तीन महिना लामो प्रक्रिया पछि कृस्टिनालाई फाइनल गरिएको हो।

यसको नायिकाको लागि आह्वान गरिएको अडिसनमा देश बिदेशबाट २७ सय १४ जनाले तस्विर पठाएको उनले बताए। जसबाट उत्कृष्ट २५ को चयन २ महिना अघि नै गरिएको थियो भने त्यसमध्येबाट अडिसिन लिएर उत्कृष्ट ५ चयन गरिएको र त्यो उत्कृष्ट ५ बाट कृस्टिनालाई नायिकामा चयन गरिएको निर्माता निर्देशक सेनले बताए। ‘हामिहरुका लागि सबै उत्कृष्ट हुनुहुन्थ्यो, तर पनि एकजना उत्कृष्ट चयन गर्नु पर्ने भएकाले कृस्टिनालाई छानेका हौँ’ सनेल भने। आशुसेन फिल्म्सका निर्देशकद्धय छेतेन गुरुङ र सन्तोष सेनले कृष्टीनाको नाम सार्वजनिक गर्दा उनी साह्रै खुसी भइन्।

नायक प्रदीप खड्कासँग जोडी बनेर काम गर्न पाउँदा भाग्यमानी महसुस भएको उनले बताएकी छिन्। अडिसनमा सहभागी हुनकै लागि अमेरीकाबाट नेपाल आएकी कृष्टिनाले २७ सय १४ जना प्रतिस्पर्धीलाई उछिन्दै प्रेम गीत ३ मा काम गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरिन्।

फिल्मका नायक प्रदीप खड्काले आप्mनो जोडीको रुपमा चयन भएकी नायिका कृष्टिनालाई यो चलचित्रमा नायिकाको रुपमा चयन भएकोमा बधाई दिए।

प्रेम गीत ३ मा अब प्रदीपसँगै नव नायिका कृष्टिना गुरुङ, अभिनेता शिव श्रेष्ठ, सुनील थापा, नव अभिनेता मनिष राउत, अनुभव रेग्मी, सन्तोष सेन, पुष्कर कार्की, प्रेम पुरीलगायतले मूख्य भूमिकामा अभिनय गर्नेछन्। आगामी चैत २८ गते अल नेपाल रिलीज गर्ने घोषणा गरिएको फिल्म दशैैपछि सुटिङ प्mलोरमा जानेछ।

प्रतिक्रिया दिनुहोस्