पार्टी दिएसी सक्किगोनी



राजिव गुरुङ अर्थात् दीपक मनाङे । उनको परिचय यतिमा मात्रै सीमित छैन । कुनै बेलाका डन अहिलेका माननीय । मनाङे अब उनी स्वतन्त्र सांसद रहेनन्, सत्तारुढ दल नेकपाले यी माननीयको मान मर्दादा बढाएको छ, उनी सत्तारुढ दलका सांसद बन्या छन् ।

विहीवार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मनाङेलाई नेकपाका प्रदेश सांसदको दर्जा दिए । सांसद भएपछि उनी तेस्रो पटक नेकपा पार्टी प्रवेश ग¥या छन् । मनाङबाट स्वतन्त्र उम्मेदवारी दिएका मनाङे प्रदेशसभामा विजयी भएका थिए ।

पार्टी प्रवेश गरे लगत्तै नेकपाका केही कम्रेडहरुले उनलाई कम्रेडका रुपमा स्वीकार्न नसक्ने बताउन थाल्या छन् । ताप्लेजुङे कम्रेड योगेश सहित अन्य नेकपा नेताले सामाजिक सञ्जाल मार्फत असन्तुष्टी पोख्या छन् । तर पार्टीको उपल्लो नेतृत्व यो विषयमा हलचल ग¥या छैन सायद मनाङेले अस्ती नै राम्रैसँग सन्तुष्टी बनाइसकेर पो हो कि ?

राजनीतिक पार्टी पनि गज्जबकै हुन्छ भन्या । पार्टी नेतृत्वले असन्तुष्ट पक्षहरुलाई कुनै चल्तीको जक्सनमा भेला गराएर छताछुल्ला ‘पाटी’ दिएपछि सबै असन्तुष्टी झणभरमै पखालिन्छ । आखिर ‘पाटी दिन’ पार्टी नेतृत्वले आफ्नै खल्तीको दानापानी खर्च गर्नुपर्ने होइन क्यारे, विवादमा आउने पात्र नै पाटीको मुख्य प्रायोजक भएसी के को टेन्सन ।

प्रतिक्रिया दिनुहोस्