ईश्वरले ल्याए हंगामा



गायक ईश्वर मागियाले १२औं अडियो एल्बम बजरमा ल्याएका छन्। उनले हंगामा नामक एल्बम बजारमा ल्याएका हुन्।

एल्बममा शीर्ष गीत हंगामा र घुम्न जाउँ गरी दुई गीत समावेश छन्। ईश्वरकै शब्द र संगीत रहेको एल्बम काठमाडौं म्युजिक स्कुलले प्रस्तुत गरेको हो।

उनले यसभन्दा अघि टच, स्पन्दन, स्पन्दन–२, प्रयास, लालीमा, चाहना, जुनी जुनी जस्ता एल्बममार्फत थुप्रै गीत–संगीत दर्शक स्रोतामाझ ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्