जानी जानी एउटा गल्ती



एकपछि अर्को चर्चित गीत दिँदै आएका सांगीतिक जोडी सञ्जीव पराजुली र टीका प्रसाईंको स्वरमा जानी जानी एउटा गल्ती बोलको गीत सार्वजनिक भएको छ।

गीतकार दिनेश अधिकारीको शब्द र संगीतकार रञ्जित गजमेरको संगीत एवं संगीत संयोजन रहेको छ गीतको म्युजिक भिडियोमा गायक प्रदीप बास्तोला र मोडल एलिशा शर्माको अभिनय रहेको छ।

भिडियोेमा सञ्जीव र टीकाले पनि अभिनय गरेका छन्। भिडियोलाई सान थापाले निर्देशन गरेका छन् भने अर्जुन तिवारीका छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्