राजेशपायललाई १ लाखसहित नगर पुरस्कार



खोटाङ, (नेस)। गायक राजेशपायल राईलाई १ लाख रुपियाँ नगद पुरस्कारसहित सम्मान गरिने भएको छ। खोटाङमा जन्मी बहुप्रतिभाशाली गायकका रूपमा स्थापित राईलाई गृहनगर दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले नगदसहित सम्मान गर्ने भएको हो।

गायनको माध्यमबाट नगरपालिका तथा जिल्लालाई देश–दुनियाँमा चिनाएको भन्दै राईलाई उक्त राशीको नगर पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। बुधबार यहाँ आयोजित दोस्रो नगर दिवसमा राईलाई पुरस्कार हस्तान्तरण गर्ने तयारी गरिए पनि राजेशपायल उपस्थित हुन नसकेपछि उक्त पुरस्कार हस्तान्तरण गर्न बाँकी रहेको नगरपालिकाले जनाएको छ।

पुरस्कार छनोट समितिले निर्णय गरेबमोजिमको उक्त पुरस्कार नगरपालिकाले विशेष कार्यक्रमको आयोजना गरी चाँडै राईलाई हस्तान्तरण गरिने मेयर दीपनारायण रिजालले बताए। नगर दिवसको अवसरमा विविध विधाका उत्कृष्ट संस्था तथा व्यक्तिलाई पुरस्कृत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्