युरोपेली संसद् सभामुखमा पूर्व पत्रकार चयन



रोम,(एजेन्सी)
इटालीका पुर्व पत्रकार डेविड म्यारिया सास्सोलीलाई युरोपेली ससंदको नयाँ अध्यक्षमा छनौट गरिएको छ । स्त्रासवर्ग स्थित संसद भवनमा बुधवार भएको दोश्रो चरणको मतदानमा कूल ६ सय ६७ विधायक मध्ये ३ सय ४५ जनाले ६३ वर्षिय सास्सोलीको पक्षमा मतदान गरेका थिए ।

मध्यमार्गी वामपन्थि राजनीतिज्ञ सास्सोलीले अन्य तीनजना उम्मेदवारलाई पछार्ड सफल भएका छन् । उनले चाँडै नै सभामुखको भुमिका समहाल्ने भएका छन् । यरोपेली नेताहरुबिच सो पदका लागि मनोनित गर्ने विषमा सहमति भएको भोलिपल्टै यो मतदान भएको हो ।

साथै पहिलो पटक युरोपेली आयोगको प्रमुखमा महिलालाई प्रस्तावित गरिएको छ । मतदानको परिणाम सार्वजनिक भए लगत्तै भाषण दिनेक्रममा सास्सोलीले इयुलाई यसका संस्थापक नेताहरुले युद्ध र राष्ट्रवादलाई शान्ति र समानतामा बदलेको बेलाको जस्तो सोच लिएर अघि बढ्नु र इयु धेरै कुराको सुधार गरिनुपर्ने बताएका छन् ।

उनले बे्रक्जिटलाई दुखदपुर्ण घटनाको संज्ञा दिँदै यदि आफ्नो इतिहास निर्धारण गर्न सक्षम भएको स्थित्ीमा मात्र युरोपेली संसदले युरोपेली जनतालाई स्वतन्त्रताको ग्यारेन्टि दिने पनि बताएका छन् । यसअघिका पुर्व सैनिक इटालियन सभामुख एन्टोनयो ताजानीको स्थानमा यिनी निर्वाचित भएका हुन् । साथ ैआयोग प्रमुखमा जिन क्लाउडे जन्करको स्थानमा जर्मनीका रक्षा मन्त्री उर्सुला भोन डर लियनलाई ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्