अविरल वर्षा



टोक्यो,(एजेन्सी)
अविरल वर्षापछि जापानको उत्तरपश्चिमी राज्य कागोसिमाका करिब ६ लाख स्थानीय वासिन्दालाई त्यहाँबाट अन्यत्रै सार्न सरकारले स्थानीय अधिकारीहरुलाई बुधवार आदेश दिएको जापानी सरकारी सञ्चार माध्यम एनएचकेले जनाएको छ ।

दक्षिणपश्चिम जापानको क्युसु द्वीपलगाउत प्रान्तीय राजधानी कागोसिमा सहरमा परेको अबिरल वर्षापछि सरकारले यो आदेश दिएको हो । कागोशिमा शहरमा स्थानीय समयानुसार बुधबार बिहान करिव एकघन्टाबिच ४० मिलिमिटर वर्षा भएपछि स्थानिय वासिन्दामा थप त्रास फैलिएकोे पनि एनएचकेको समाचारमा उल्लेख गरिएकोे छ । यो वर्षा बिहीबारसम्म पनि जारी रहने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्