हिमालयन र एपीएफको जित



काठमाडौं, (नेस)
ललितपुरमा जारी ललित स्मृति यु १८ फुटबल प्रतियोगिताअन्तर्गत बुधबारको खेलमा हिमालयन शेर्पा क्लब र नेपाल एपीएफ क्लबले जित हात पारेका छन् ।

सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा हिमालयन शेर्पाले मच्छिन्द्र क्लबलाई १–० गोलअन्तरले पन्छाएको हो । टोलीका लागि अभिषेक श्रेष्ठको गोल निर्णायक सावित भएको थियो । अभिषेकले ६९औं मिनेटमा गोल गरेका थिए । योसँगै समूह ए मा हिमालयन शेर्पा ४ अंकसहित शीर्ष स्थानमा रहेको छ । मच्छिन्द्रको ३ अंक छ भने एनआरटी, संकटा र च्यासलको १÷१ अंक छन् ।

यस्तै अर्को खेलमा एपीएफले फ्रेन्डस् क्लबलाई २–१ गोलअन्तरले हरायो । एपीएफको जितमा नीरज चौधरीले दुबै गोल गरेका थिए । उनले २२औं र ३९औं मिनेटमा गोल गरेर टोलीको जित सुनिश्चित गरेका थिए । यद्दपि राजीव लोप्चनले ३८औं मिनेटमा एक गोल फर्काएर खेल बराबरीमा ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्